काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा परराष्ट्रमन्त्री शिशिर खनाल महामन्त्री पदको दाबेदारीबाट पछि हटेका छन्। नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी उनले फेसबुकमार्फत दिएका हुन्।
खनालले पार्टीको एकता, संस्थागत सुदृढीकरण तथा पहिलो महाधिवेशनबाट प्राप्त उपलब्धिलाई थप मजबुत बनाउने उद्देश्यले महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको उल्लेख गरेका छन्। साथै, आफ्नो निर्णयले अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिमार्फत अघि बढ्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
उनले केन्द्रीय सदस्यमा आफूलाई मतदान गर्ने देशभित्र तथा प्रवासमा रहेका प्रतिनिधिहरूप्रति आभारसमेत व्यक्त गरेका छन्।




