२०८३ कार्तिक ९

बर्डफ्लु नियन्त्रणमा कडाइः सङ्क्रमित पन्छी बिक्री गरे कारबाही, ११ जिल्लामा उच्च सतर्कता

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागले सङ्क्रमित पन्छी बजारमा बिक्री भएको पाइएमा तत्काल कारबाही गरिने जनाएको हो।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले थप फैलिन नदिन आवश्यक निर्देशन जारी गरिएको उनले बताए।

संक्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय रूपमा परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ अघि बढेको विभागले जनाएको छ।

विभागका अनुसार मरेका कुखुरा जथाभावी फाल्ने वा सङ्क्रमित पन्छी नष्ट गर्ने क्रममा लापरबाही भएमा मान्छेमा सर्ने जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हालसम्म प्रभावित क्षेत्रमा करिब सात लाख पन्छी, ११ लाख अण्डा र करिब तीन लाख किलो दाना नष्ट गरिएको छ।

प्रवक्ता डा. उपाध्यायले बर्डफ्लुको प्रभावकारी खोप अझै विकास नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै एक मात्र विकल्प रहेको बताए। साथै, नष्ट गरिएका पन्छीको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन भइरहेको पनि विभागले जनाएको छ।

Read More

गोरखामा अफ्रिकन स्वाइन फिभरको प्रकोप, २५० भन्दा बढी सुँगुर–बङ्गुर मरे

काठमाडौं । गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभर (ASF) को प्रकोप फैलिँदा दुई महिनाको अवधिमा २५० भन्दा बढी सुँगुर तथा बङ्गुर मरेका छन्। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रोग तीव्र रूपमा फैलिरहेको छ।

नियन्त्रणबाहिर फैलिँदै संक्रमण

भेटेरिनरी अस्पतालका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का विभिन्न फार्ममा संक्रमण देखिएको हो। प्रभावित क्षेत्रमा किसानका सुँगुर–बङ्गुर लगातार मर्ने क्रम जारी रहेको उनले जानकारी दिए।

गोरखा–६ मानवसेवा आश्रम टोलका एक किसानका ८० बङ्गुर, सोही क्षेत्रकी अर्की किसानका १० बङ्गुर तथा मान्द्रेढुङ्गाका एक किसानका ६० बङ्गुर दुई साताभित्रै मरेको कार्यालयले जनाएको छ। अन्य फार्महरूमा पनि ठूलो संख्यामा क्षति भएको बताइएको छ।

दर्ता भएका तथा दर्ता नभएका दुवै प्रकारका फार्म प्रभावित भएकाले वास्तविक क्षतिको विवरण अझै पूर्ण रूपमा संकलन हुन नसकेको कार्यालयले जनाएको छ।

अफ्रिकन स्वाइन फिभर के हो?

अफ्रिकन स्वाइन फिभर सुँगुर तथा बङ्गुरमा लाग्ने अत्यन्त संक्रामक भाइरल रोग हो। यस रोगको हालसम्म कुनै उपचार वा खोप उपलब्ध छैन। संक्रमण भएपछि पशु मर्ने सम्भावना उच्च रहने भएकाले यसलाई अत्यन्त खतरनाक रोग मानिन्छ।

यद्यपि यो रोग मानिसमा सर्दैन, तर संक्रमित फार्म, दाना, औषधि तथा मानव आवतजावतमार्फत एक स्थानबाट अर्को स्थानमा तीव्र रूपमा फैलिन सक्छ।

किसान धनकुमार गुरुङका अनुसार संक्रमित बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा दाग–

प्रमुख कोइरालाले संक्रमित खोर तथा त्यस क्षेत्रको सम्पर्कबाट टाढा रहन आग्रह गरेका छन्। “अहिलेसम्म न उपचार छ, न खोप। त्यसैले रोकथाम नै एक मात्र उपाय हो,” उनले भने।

पशु सेवा कार्यालयले जैविक सुरक्षा (biosecurity) कडाइका साथ पालना गर्न, फार्ममा अनावश्यक आवतजावत रोक्न तथा सतर्कता अपनाउन किसानहरूलाई अनुरोध गरेको छ।

Read More

एनएमसीले सेवा प्रवाह डिजिटल बनाउन ‘हेलो एनएमसी’ पोर्टल सुरु

काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन नयाँ डिजिटल प्रणाली ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

काउन्सिलका अनुसार अब सेवाग्राही तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा उपस्थित नभई नै डिजिटल माध्यमबाट आफ्ना समस्या वा सुझावहरू पठाउन सक्नेछन्। यसले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सेवा पहुँचका माध्यमहरू

  • दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा आफ्नो व्यक्तिगत एकाउन्टमार्फत गुनासो दर्ता गर्न सक्ने
  • सर्वसाधारणले www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गर्न सक्ने
  • काउन्सिलको आधिकारिक QR कोड स्क्यान गरी उजुरी पठाउन सकिने
  • [email protected] मा इमेलमार्फत पनि गुनासो तथा कागजात पठाउन सकिने व्यवस्था

एनएमसीले यस प्रणालीले सेवा प्रवाहलाई अझ उत्तरदायी, पारदर्शी र डिजिटल रूपमा सहज बनाउने विश्वास व्यक्त गरेको छ।

Read More

एन्टि–रेबिज खोपको मौज्दात पर्याप्त, थप खोप आपूर्तिको प्रक्रिया अघि बढ्दै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक पहलहरू अगाडि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालहरूको भण्डारमा गरी कुल १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकेको जानकारी दिँदै थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र उपलब्ध हुने सुनिश्चित भएको बताए।

उनका अनुसार उपलब्ध खोपको प्रभावकारी वितरण र व्यवस्थापनका लागि मन्त्रालयले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। साथै, आवश्यक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले रेबिज रोकथाम तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक कदम चालिएको छ।

मन्त्रालयले स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा आवश्यक खोप सेवाको सहज पहुँच सुनिश्चित गर्न आग्रहसमेत गरेको छ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनका लागि पुग्ने एन्टि–रेबिज खोप मौज्दात रहेको छ। साथै, स्वास्थ्य सेवा विभागमार्फत भइरहेको नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

Read More

डीआरसीमा इबोला प्रकोप तीव्र, मृत्यु र सङ्क्रमण दुवै बढ्दै

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा हालसम्म २७७ जनाको मृत्यु भएको र १ हजार ९४ जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार हाल ३८७ जना बिरामी उपचाररत छन् भने ११५ जना निको भइसकेका छन्। कङ्गोका अधिकारीहरूले थप ४४ जनाको शङ्कास्पद मृत्यु र १३१ वटा शङ्कास्पद घटनाहरू पनि दर्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रतिवेदनमा समुदायमा फैलिएको संक्रमणका कारण साप्ताहिक रूपमा नयाँ केसहरू बढिरहेको देखिएको छ। प्रारम्भिक चरणमा गरिएको सक्रिय परीक्षण, निगरानी र प्रयोगशाला क्षमताको विस्तारले रोग छिटो पहिचान गर्न मद्दत गरेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रम प्रमुख अब्दिराहमान महामुदका अनुसार अफ्रिकामा पहिलो महिनामै देखिएको यो सबैभन्दा ठूलो इबोला प्रकोप हो। उनका अनुसार हाल उपचार क्षमता विस्तार भई १९ स्वास्थ्य क्षेत्रमा ५०० भन्दा बढी शैय्यामा सेवा उपलब्ध भएको छ।

प्रयोगशाला परीक्षण क्षमता पनि तीव्र रूपमा बढाइएको छ। पहिले किन्शासामा दैनिक करिब ३० परीक्षण हुने गरेकामा अहिले इटुरी, उत्तरी किवु र दक्षिण किवुमा फैलिएको आठ प्रयोगशालाको सञ्जालमार्फत दैनिक दुई हजारभन्दा बढी परीक्षण सम्भव भएको छ।

राष्ट्रपति फेलिक्स त्सेसेकेदीले इटुरी प्रान्तमा भइरहेको नियन्त्रण तथा प्रतिक्रिया कार्यको अनुगमन गर्ने बताएका छन्। उनले बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँगको संयुक्त पत्रकार सम्मेलनमा क्षेत्रीय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

नदाइसिमियीले भने सीमा बन्द नगरी महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

यसैबीच, युगान्डामा पनि इबोला फैलिएको पुष्टि भएको छ। त्यहाँ २० जना संक्रमितमध्ये १४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ। तीमध्ये १५ वटा केस आयातित रहेको जनाइएको छ।

डीआरसी र युगान्डाले संयुक्त रूपमा निगरानी टोली, मोबाइल प्रयोगशाला र उपचार केन्द्र परिचालन गर्दै सीमापार समन्वय विस्तार गरेका छन्।

डब्ल्यूएचओका अनुसार पूर्वी कङ्गो र पश्चिमी युगान्डाबीचको आवागमनका कारण क्षेत्रीय रूपमा संक्रमण फैलिने जोखिम अझै उच्च रहेको छ।

Read More

एचआईभी/एड्स नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायमै : संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एचआईभी/एड्स महामारी अन्त्य गर्न विश्वव्यापी रूपमा अझ सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत आयोजित एचआईभी/एड्ससम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले महामारीविरुद्धका प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन्।

महासचिवको तर्फबाट उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा एड्ससम्बन्धी मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ। सन् २००४ को तुलनामा मृत्यु ७० प्रतिशतले र सन् २०१० को तुलनामा ५४ प्रतिशतले घटेको छ।

त्यसैगरी नयाँ संक्रमणदर ४० प्रतिशतले कमी आएको तथा हाल विश्वभर ३ करोड २० लाखभन्दा बढी संक्रमितले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन्।

यद्यपि संयुक्त राष्ट्रसंघले एचआईभी/एड्सको चुनौती अझै अन्त्य नभएको भन्दै सतर्क रहन आग्रह गरेको छ। सामाजिक असमानता, डर र विभेदले नियन्त्रण प्रयासलाई अझै कठिन बनाइरहेको उल्लेख गरिएको छ।

महासचिवको सन्देशमा स्थानीयदेखि विश्वव्यापी तहसम्म समन्वित प्रयासमार्फत मात्र दीर्घकालीन रूपमा महामारी अन्त्य सम्भव हुने स्पष्ट पारिएको छ।

Read More

बर्ड फ्लु फैलावटले ११ जिल्ला प्रभावित : ८२ स्थानमा संक्रमण, लाखौं पन्छी नष्ट : उच्च सतर्कता जारी

काठमाडौं । देशभर चरा तथा पन्छीहरूमा देखिने अत्यन्त संक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ को फैलावट चिन्ताजनक बन्दै गएको छ। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ भन्दा बढी स्थानमा संक्रमण पुष्टि भइसकेको छ, जसले पशुपन्छी क्षेत्रमै गम्भीर जोखिम उत्पन्न गरेको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक देखिएको संक्रमण क्रमशः फैलिँदै अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लासम्म पुगेको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म प्रभावित क्षेत्रमा ठूलो मात्रामा पन्छी तथा उत्पादन नष्ट गरिएको छ। विभागका अनुसार ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी, ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा तथा १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ, जसले आर्थिक क्षति समेत बढाएको छ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छी ओसारपसारमा रोक लगाइएको थियो। हाल रोग नियन्त्रणमा आएको भन्दै उक्त प्रतिबन्ध केही खुकुलो बनाइएको छ। यद्यपि अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गर्न पशु क्वारेन्टाइन कार्यालयले गस्ती तथा निगरानी कडा बनाएको जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको बताइए पनि काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रेका केही स्थानमा अझै पनि संक्रमण देखिएको छ।

पशु स्वास्थ्य विज्ञहरूले बर्ड फ्लु पुनः फैलिन सक्ने जोखिम कायम रहेकाले कुखुरा पालन, ओसारपसार र बजार व्यवस्थापनमा अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, संक्रमण रोकथामका लागि तत्काल प्रभावकारी नियन्त्रण र निरन्तर निगरानी अपरिहार्य रहेको बताएका छन्।

Read More

रेबिज संक्रमणका कारण चन्द्रागिरिमा एक व्यक्तिको मृत्यु, खोप नलगाएको पुष्टि

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। संक्रमणपछि उनलाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ शनिबार ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्यकर्मीहरूका अनुसार उनलाई केही हप्ताअघि कुकुरले टोकेको थियो, तर उनले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ। प्रारम्भिक रूपमा स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले अवस्थालाई गम्भीर रूपमा नलिएको कारण उपचारमा ढिलाइ भएको बताइएको छ।

एक स्वास्थ्यकर्मीले आफन्तको भनाइ उद्धृत गर्दै सानो कुकुरको टोकाइ भएकाले खोप आवश्यक नठानिएको जानकारी दिए। उनका अनुसार समयमै नजिकैको स्वास्थ्य संस्थामा खोप उपलब्ध भएको भए ज्यान जोगिन सक्ने सम्भावना थियो।

यसैबीच, सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोपको आपूर्ति अभावबारे पनि चर्चा भइरहेका छन्। केही स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले नाम नखुलाउने शर्तमा यस विषयमा औपचारिक रूपमा सूचना सार्वजनिक गर्नमा संवेदनशीलता अपनाइएको बताउने गरेका छन्।

Read More

वीरगञ्जमा हिमोफिलिया उपचार केन्द्र सञ्चालनमा

काठमाडौँ ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ।

हिमोफिलिया सोसाइटी नेपाल र नारायणी अस्पतालको सहकार्यमा आइतबारदेखि सेवा सुरु गरिएको हो। सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यस केन्द्रले अस्पतालमा उपचाररत करिब ४० जना हिमोफिलिया बिरामीलाई सहज सेवा प्रदान गर्नेछ। आवश्यक औषधि पनि सोसाइटीले उपलब्ध गराएको जनाइएको छ।

साथै, स्वास्थ्यकर्मीलाई रोग पहिचान, उपचार, व्यवस्थापन तथा आवश्यक ‘क्लोटिङ फ्याक्टर’ प्रयोगसम्बन्धी व्यवहारिक तालिमसमेत दिइएको छ।

यस केन्द्र सञ्चालनसँगै पर्सा, बारा, रौतहट, सिरहा लगायत मधेस प्रदेशका बिरामीले अब आफ्नै प्रदेशमै उपचार सेवा पाउने भएका छन्। यसअघि धेरै बिरामी उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो।

नेपालमा करिब ३ हजार हिमोफिलिया बिरामी रहेको अनुमान गरिए पनि हालसम्म करिब ७५० जना मात्र औपचारिक सम्पर्कमा आएको सोसाइटीले जनाएको छ। रोगबारे जनचेतना कम हुँदा धेरै बिरामी अझै पहिचान बाहिर रहेको बताइएको छ।

हिमोफिलिया रगत जमाउने प्रक्रियामा आवश्यक प्रोटिनको कमीका कारण हुने वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो, जसले चोटपटक लाग्दा लामो समयसम्म रक्तस्राव हुने समस्या निम्त्याउँछ।

Read More

क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिबारे एपोलो अस्पतालको जानकारी, काठमाडौंमा अन्तर्क्रिया

काठमाडौं । भारतको प्रतिष्ठित एपोलो अस्पतालले क्यान्सर सर्जरी तथा स्नायु (न्युरो) उपचारका क्षेत्रमा विकसित भएका नवीनतम चिकित्सा प्रविधिबारे जानकारी दिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपीबी) सर्जिकल अंकोलोजीका प्रमुख कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्युरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक शरद काले तथा न्युरोसर्जरी र न्युरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले आधुनिक उपचार विधिबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रममा डा. कालेले ब्रेन ट्युमरको उपचारमा प्रारम्भिक पहिचान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै लगातार टाउको दुख्ने, कारणबिनै बान्ता हुने, दृष्टि धमिलो वा दोहोरो हुने, छारे रोगजस्तो कम्पन आउने तथा हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञको परामर्श लिन सुझाव दिए।

उनका अनुसार न्युरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप, क्युसा प्रणाली तथा मिनिमली इन्भेसिभ इन्डोस्कोपिक प्रविधिले स्वस्थ मस्तिष्कका तन्तुमा न्यून क्षति पुर्‍याउँदै ट्युमर हटाउन सहयोग गरिरहेका छन्।

त्यसैगरी, स्टेरियोट्याक्टिक रेडियोसर्जरी (ज्याप–एक्स) जस्ता प्रविधिले निश्चित प्रकारका ब्रेन ट्युमरको उपचार शल्यक्रिया बिना नै सम्भव बनाउँदै गएको पनि उनले बताए।

Read More