२०८३ कार्तिक ८

नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

काठमाडौं । न्यूयोर्क–न्यू जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका लागि एर्लिङ हाल्यान्डले दुई तथा मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे। सेनेगलका इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई जित दिलाउन सकेनन्।

पहिलो हाफको ४३औँ मिनेटमा पेडरसनले नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएलगत्तै ४८औँ मिनेटमा हाल्यान्डले अग्रता दोब्बर बनाए। ५३औँ मिनेटमा सेनेगलका सारले गोल फर्काए पनि ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई बलियो बनाए।

इन्जुरी समयमा सारले अर्को गोल थपे पनि नर्वेले ३–२ को जित कायम राख्यो।

यस जितसँगै नर्वे र फ्रान्स दुवैले समूह ‘आई’ बाट नकआउट चरणमा स्थान पक्का गरेका छन्। फ्रान्सले यसै समूहमा इराकलाई ३–० ले हराउँदै अर्को जित दर्ता गरेको हो।

Read More

एम्बाप्पेको दुई गोलमा फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। आज बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह चरणको खेलमा फ्रान्सले इराकलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

फ्रान्सको जितमा कप्तान एम्बाप्पेले दुई गोल गरे। उनले खेलको १४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ समाप्त भएलगत्तै प्रतिकूल मौसमका कारण परेको भारी वर्षाले खेल करिब दुई घण्टासम्म रोकिएको थियो।

खेल पुनः सुरु भएपछि एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स ३–० ले अघि बढ्यो। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सोही नतिजा कायम रह्यो।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। लगातार दोस्रो जित निकालेको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै समूह चरण पार गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

एम्बाप्पेको निरन्तर उत्कृष्ट प्रदर्शनले फ्रान्सलाई उपाधि यात्रामा थप बलियो दाबेदारका रूपमा स्थापित गरेको छ।

Read More

मेस्सीको दुई गोलमा अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको प्रेरणामा अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज सम्पन्न समूह चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

अमेरिकाको डालासस्थित स्टेडियममा भएको खेलमा मेस्सीले ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। अष्ट्रियाविरुद्धको खेलमा दुई गोल गरेपछि उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्न सफल भएका छन्।

यसअघि अल्जेरियाविरुद्धको उद्घाटन खेलमा अर्जेन्टिना ४–१ ले विजयी हुँदा मेस्सीले ह्याट्रिक गरेका थिए। लगातार दोस्रो जित निकालेको अर्जेन्टिनाले समूह ‘जे’ मा ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ र नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यता, पराजित अष्ट्रियाले दुई खेलबाट ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। सोही समूहमा रहेका जोर्डन र अल्जेरिया भने हालसम्म अंकविहीन छन्। दुवै टोलीले समान एक–एक खेल खेलेका छन्।

Read More

विश्वकप-२०२६ : इजिप्टको शानदार पुनरागमन जित

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्याण्डमाथि ३–१ गोलको शानदार पुनरागमन जित निकालेको छ।

बिसी प्लेसमा भएको खेलमा न्युजिल्याण्डका फिन सर्म्यानले १५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर ५९ औँ मिनेटमा मोस्तफा जिकोले बराबरी गोल गर्दै इजिप्टलाई खेलमा फर्काए।

६७ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए भने ८२ औँ मिनेटमा ट्रेजेगुएटले गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १ अंक रहेको न्युजिल्याण्ड समूहको पुछारमा छ।

Read More

फिफा विश्वकप २०२६: समूह ‘एफ’ मा जापानको प्रभावशाली ४–० जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित हासिल गरेको छ। स्टाडियो मेन्टारीमा सम्पन्न खेलमा जापानले पहिलो हाफमा २–० को अग्रता बनाउँदै खेल आफ्नो पक्षमा मजबुत बनाएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्‍यो।

जापानको जितमा आयसे उएदाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इटोले एक–एक गोल योगदान दिए। खेलको सुरुवातदेखि नै जापानले आक्रामक खेल प्रदर्शन गर्दै ट्युनिसियामाथि लगातार दबाब सिर्जना गरेको थियो।

खेलको चौथो मिनेटमै दाइची कामादाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। नाकामुराको बायाँतर्फबाट आएको पास अप्रत्याशित रूपमा कामादाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि ३१ औं मिनेटमा आयसे उएदाले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा पनि जापानले आफ्नो लय कायम राख्यो। ६९ औं मिनेटमा जुन्या इटोले डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट फिनिसमार्फत तेस्रो गोल गरे। त्यसपछि ८३ औं मिनेटमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जितलाई पूर्णता दिए।

यो खेल फिफा विश्वकप इतिहासको १ हजारौं खेल पनि भएको उल्लेखनीय क्षण रह्यो। प्रतियोगिता सन् १९३० देखि सुरु भएको हो। यस हारसँगै ट्युनिसियाको विश्वकप अभियान समाप्त भएको छ।

Read More

विश्वकप २०२६ : कुरासाओको पहिलो अंक, रुम हिरो बने

काठमाडौं । फिफा विश्वकप २०२६ मा विश्वकप डेब्यू गरिरहेको कुरासाओले गोलरहित बराबरी खेल्दै ऐतिहासिक पहिलो अंक जोडेको छ। खेलमा टोलीका गोलकिपर एलोए रुमको उत्कृष्ट प्रदर्शन निर्णायक बनेको हो।

कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओले इक्वेडरलाई ०–० को बराबरीमा रोकेको हो। खेलभर इक्वेडरले निरन्तर दबाब बनाए पनि रुमले करिब १५ उत्कृष्ट बचाव गर्दै टोलीलाई हारबाट जोगाए।

विश्वकप इतिहासमा सर्वाधिक सेभको कीर्तिमान २०१४ मा अमेरिकाका टिम हावार्डले बेल्जियमविरुद्ध गरेका १६ बचाव हुन्। रुमले आजको प्रदर्शनमार्फत सो सूचीमा दोस्रो स्थाननजिक पुग्ने उपलब्धि हासिल गरेका छन्।

३७ वर्षीय रुम अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्छन्।

इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले पनि केही महत्वपूर्ण बचाव गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस खेलसँगै इक्वेडर र कुरासाओ दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ।

यसअघि इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग २–१ ले पराजित भएको थियो भने कुरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो।

Read More

ब्राजिलको प्रभावशाली जित, हाइटी ३–० ले पराजित

काठमाडौं  । समूह ‘सी’ अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिलले हाइटीमाथि सहज जित दर्ता गरेको छ। प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले ३–० को नतिजासहित महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

ब्राजिलको जितमा फरवार्ड म्याथ्यूस कुन्हाले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे। कुन्हाले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि उनले ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३–० पुर्‍याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल सोही नतिजामा समाप्त भयो।

ब्राजिल र हाइटीबीच विश्वकप इतिहासमा यो पहिलो भेट थियो। यसअघि यी दुई टोली सन् २०१६ मा कोपा अमेरिकामा आमनेसामने हुँदा ब्राजिलले ७–१ को फराकिलो जित निकालेको थियो।

यस जितसँगै ब्राजिलले समूह चरणमा आफ्नो बलियो उपस्थितिलाई थप मजबुत बनाएको छ।

Read More

मेक्सिको जितसँगै नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण कोरियालाई १–० ले हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार बिहान ग्वाडलाजारास्थित स्टेडियममा भएको खेलमा पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। तर दोस्रो हाफ सुरु भएको केही मिनेटमै मेक्सिकोले अग्रता लिएको थियो। ५० औं मिनेटमा लुइस रोमोले गरेको गोल निर्णायक बन्यो, जसले खेलको नतिजा मेक्सिकोको पक्षमा मोडिदियो।

त्यसपछि दक्षिण कोरियाले खेलमा फर्कने प्रयास गरे पनि मेक्सिकोको रक्षापंक्ति र गोलकिपर बलियो देखियो। ७६ औं मिनेटमा मेक्सिकोको एक आक्रमणलाई कोरियाली गोलकिपरले रोकेका थिए भने ८५ औं मिनेटमा पनि अर्को प्रयास असफल बनाइयो। यस्तै ८७ औं मिनेटमा दक्षिण कोरियाको प्रहारलाई मेक्सिकोका गोलकिपरले उत्कृष्ट रूपमा रोक्दै अग्रता जोगाए।

यस जितसँगै मेक्सिकोले समूह चरणमा ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बन्न सफल भएको छ। यसअघि उसले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो।

पराजित भए पनि दक्षिण कोरियाको नकआउट यात्रा समाप्त भएको छैन। उसको खातामा हाल ३ अंक छ र बाँकी खेलको नतिजाले उसको सम्भावना निर्धारण गर्नेछ।

समूह ‘ए’ मा रहेका अन्य टोलीहरू पनि अंक गणितीय हिसाबले नकआउट चरण पुग्ने दौडमै रहेका छन्। अघिल्लो संस्करण २०२२ मा समूह चरणबाटै बाहिरिएको मेक्सिकोले यस पटक भने उत्कृष्ट सुरुआत गर्दै अघि बढेको छ।

Read More

कञ्चनपुरमा खेलकुद पूर्वाधार विकासका लागि बजेट विनियोजन

काठमाडौं।  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कञ्चनपुर जिल्लामा खेलकुद पूर्वाधार विस्तार तथा सुधारका विभिन्न आयोजना समेट्दै बजेट विनियोजन गरेको छ। स्थानीय तहदेखि खेल संघ–संस्थासम्म लक्षित संरचना निर्माण तथा स्तरोन्नति हुने भएका छन्।

आयोजना तथा बजेट विवरण (एकीकृत तालिका)

क्षेत्रआयोजनाबजेट
दोधारा चाँदनी–२मिनी स्टेडियम निर्माणरु १ करोड
दोधारा चाँदनी–८फुटसल मैदान निर्माणरु ३० लाख ४० हजार
बेदकोट–१गौँडी खेलमैदान निर्माणरु ३८ लाख
शुक्लाफाँटा–१०बाल व्यायामशाला निर्माणरु ७ लाख ६० हजार
भीमदत्त–३कराते प्रशिक्षण हल निर्माणरु २२ लाख ८० हजार
भीमदत्त–९खेलमैदान पर्खाल निर्माणरु ११ लाख ४० हजार
भीमदत्त–९खेलमैदान स्तरोन्नतिरु ७ लाख ६० हजार
बेदकोट–१०ब्याडमिन्टन हल सम्पन्नरु १९ लाख
कृष्णपुर–५खेलमैदान स्तरोन्नतिरु १९ लाख
कृष्णपुर–८क्रिकेट मैदान स्तरोन्नतिरु ११ लाख ४० हजार
दोधारा चाँदनी–७खुला व्यायामशाला निर्माणरु ७ लाख
बेलौरीव्यायामशाला सामग्री खरिदरु ७ लाख ६० हजार
जिल्ला ब्याडमिन्टन संघसामग्री खरिदरु ७ लाख ६० हजार
बक्सिङ हलमर्मतसम्भाररु ७ लाख ६० हजार
कुस्ती प्रशिक्षण केन्द्रपूर्वाधार विकासरु ३ लाख ८० हजार
कबड्डी संघप्रशिक्षण हल मर्मतरु १५ लाख २० हजार
कञ्चनपुर फुटबल संघभवन निर्माणरु ५३ लाख २० हजार
महेन्द्रनगरइन्डोर क्रिकेट हल निर्माणरु १९ लाख
चाँदनी क्रिकेट मैदाननिर्माण तथा सामग्री खरिदरु ११ लाख ४० हजार
संघीय सरकारकभर्डहल परिसर क्रिकेट मैदानरु ३ करोड
प्रदेश सरकारबहुउद्देश्यीय कभर्डहल थप बजेटरु १ करोड ५० लाख

जिल्ला खेलकुद समितिका अनुसार यो बजेटले कञ्चनपुरमा आधारभूतदेखि ठूला खेल संरचना विस्तारलाई गति दिने अपेक्षा गरिएको छ। निर्माण तथा सुधारका कामहरू क्रमशः कार्यान्वयन चरणमा रहेका छन्।

Read More

कतारमाथि क्यानडाको ६–० को शानदार जित, जोनाथन डेभिडको ह्याट्रिक

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले कतारलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले सुरुदेखि नै दबाब कायम राख्दै एकपक्षीय जित दर्ता गरेको हो।

क्यानडाले खेलको १६औँ मिनेटमा साइले लारिनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थप्दै टोलीको अग्रता २–० मा पुर्‍याए। कतारका हमाम अहमद ३३औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

संख्यात्मक रूपमा कमजोर बनेको कतारमाथि क्यानडाले थप दबाब सिर्जना गर्‍यो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए।

दोस्रो हाफमा पनि कतारको अवस्था झन् कठिन बन्यो। ५१औँ मिनेटमा असिम माडिबोले रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा झर्‍यो। त्यसको फाइदा उठाउँदै क्यानडाले आक्रमणलाई निरन्तरता दियो र ६४औँ मिनेटमा नाथनले गोल गर्दै अग्रता ४–० मा विस्तार गरे।

खेलको ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईबाट आत्मघाती गोल भएपछि क्यानडाको अग्रता ५–० पुगेको थियो। दोस्रो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जितलाई ६–० मा पुर्‍याए।

डेभिडको ह्याट्रिक र कतारका दुई खेलाडीको रातो कार्डले प्रभावित बनेको खेलमा क्यानडाले उत्कृष्ट आक्रामक प्रदर्शन गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हात पारेको छ।

Read More