२०८३ श्रावण १४

काठमाडौँ महानगरको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि नगरसभामा छलफल सुरु भएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। महानगरले विभिन्न ११ क्षेत्रमा केन्द्रित १०१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य तथा योजनालाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन बाँकी रहेका बहुवर्षीय कार्यक्रमलाई समेत समेटिएको छ।

नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले अन्तरसरकारी समन्वय र साझेदारीमार्फत मात्रै निर्धारित लक्ष्य हासिल गर्न सकिने बताइन्।

महानगरको नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय व्यवस्थापन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, प्रविधिमैत्री स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि तथा उपभोक्ता हित संरक्षणलगायतका विषयलाई प्राथमिकता दिइएको छ।

Read More

भारतको अवरोधपछि नेपाली चिया निर्यात संकट गहिरिँदा इलामका उद्योग बन्द, सरकारको कूटनीतिक भूमिकाप्रति प्रश्न

काठमाडौं । भारतीय पक्षले गुणस्तर परीक्षणलगायत विभिन्न प्राविधिक कारण देखाउँदै नेपाली चिया निर्यातमा निरन्तर अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि पूर्ण रूपमा बन्द भएका छन्।

करिब डेढ महिनादेखि भारततर्फ चिया निकासी अवरुद्ध रहँदा उत्पादन बजारसम्म पुग्न नसकेको र गोदाममै थन्किएको चिया बिग्रने जोखिम बढेपछि उद्योग बन्द गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्।

उद्योगीका अनुसार पहाडी क्षेत्रमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरू आजदेखि नै बन्द गरिएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू आगामी असार ४ गतेदेखि बन्द हुने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जानकारी दिएका छन्।

संघका तथ्यांकअनुसार इलाम मा वार्षिक करिब ६५ लाख किलो र झापा मा वार्षिक करिब २ करोड किलो चिया उत्पादन हुँदै आएको छ। तर, यी उत्पादनमध्ये करिब ९० प्रतिशत बजार भारतमा निर्भर रहेकाले निर्यात अवरुद्ध हुँदा उद्योग गम्भीर संकटमा परेका छन्।

उद्योगीहरूले सरकारबाट निर्यात सहजीकरणका लागि प्रभावकारी कूटनीतिक पहल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, दीर्घकालीन रूपमा भारत–केन्द्रित बजार निर्भरता र वैकल्पिक बजार विकासमा कमजोरीले उद्योगलाई निरन्तर जोखिममा राखेको छ।

हालको अवस्था केवल व्यापारिक अवरोध मात्र नभई नेपालको चिया उद्योग संरचना, बजार निर्भरता र नीतिगत समन्वयको कमजोरी उजागर गर्ने गम्भीर संकेतका रूपमा विश्लेषण गरिएको छ।

Read More

सेयर बजारको प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ।

यस अवधिमा नेप्से परिसूचक ३.६० अंकले घटेर २,७२०.४३ विन्दुमा कायम भएको छ।

प्रि-ओपन सेसनमा ५८ वटा कम्पनीका कुल ३३ हजार ९७ कित्ता सेयर २१ करोड ७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरमा कारोबार भएका छन्।

रोबार भएका स्टकहरूमध्ये २३ वटाको मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। बाँकी ४ वटा स्टकको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Read More

इरान–अमेरिका बीच प्रस्तावित १४-बुँदे सम्झौता मस्यौदा सार्वजनिक

काठमाडौं  । इरानले संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित १४-बुँदे सम्झौता मस्यौदा सार्वजनिक गरेको छ। इरानी सञ्चारमाध्यम मेहरका अनुसार यो मस्यौदालाई दुवै देशबीच जारी गम्भीर कूटनीतिक वार्ताको परिणामस्वरूप तयार गरिएको प्रारम्भिक शान्ति तथा सहकार्यको खाकाका रूपमा व्याख्या गरिएको छ।

रिपोर्टअनुसार, उक्त दस्तावेजमा इरानका प्रमुख मागहरू समेटिएको दाबी गरिएको छ। यसलाई आगामी वार्ताका लागि आधार दस्तावेजको रूपमा अघि सारिएको बताइएको छ, जसमा आर्थिक प्रतिबन्ध हटाउनेदेखि लिएर क्षेत्रीय सुरक्षा व्यवस्थासम्मका विषय समेटिएका छन्।

प्रस्तावित १४-बुँदे सम्झौताको मुख्य सारांश

बुँदाविषयविवरण
प्रतिबन्ध फुकुवाइरानको तेल, पेट्रोकेमिकल तथा सम्बन्धित निर्यातमा लगाइएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने
वित्तीय पहुँचइरानले रोकिएका सबै वित्तीय स्रोत तथा सम्पत्तिमा पूर्ण पहुँच पुनः प्राप्त गर्ने
रोकिएको रकम फुकुवा६० दिनको वार्ता अवधिमा रोकिएको करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गरिने, जसमध्ये १२ अर्ब डलर वार्ता सुरु हुनुअघि नै उपलब्ध गराइने
पुनर्निर्माण योजनाअमेरिकासहित सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि करिब ३०० अर्ब डलरको योजना प्रस्तुत गर्ने
युद्धविरामलेबनानसहित सबै मोर्चामा जारी युद्ध तुरुन्त र स्थायी रूपमा अन्त्य गरिने
हस्तक्षेप निषेधअमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सार्वभौमिकताको सम्मान गर्ने
नौसैनिक नाकाबन्दी अन्त्यअमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा हटाइने
सैनिक फिर्ताइरान वरपर तैनाथ अमेरिकी सेनाहरू फिर्ता गरिने
होर्मुज जलमार्ग खुलाहोर्मुज जलडमरूलाई ३० दिनभित्र इरानी व्यवस्थापन अन्तर्गत पुनः सञ्चालनमा ल्याइने
१०वार्ता अवधिआणविक मुद्दा र प्रतिबन्ध हटाउने अन्तिम सम्झौताका लागि ६० दिनको औपचारिक वार्ता अवधि सुरु गरिने
११आणविक प्रतिबद्धताइरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो आणविक अप्रसार सन्धिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने
१२सैन्य नियन्त्रणवार्ताको अवधिमा थप सैन्य तैनाथी वा नयाँ प्रतिबन्ध नलगाउने सहमति हुने
१३अनुगमन संयन्त्रसम्झौता कार्यान्वयनका लागि विशेष अनुगमन संयन्त्र गठन गरिने र अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट अनुमोदन गरिने
१४मिसाइल तथा प्रतिरोध समूहइरानको मिसाइल कार्यक्रम तथा प्रतिरोध समूहहरूलाई दिइने समर्थन यस सम्झौताको औपचारिक दायरामा समावेश नगरिने

मेहरका अनुसार यो मस्यौदा अन्तिम सम्झौता नभई प्रारम्भिक प्रस्तावित ढाँचा हो। यसले आगामी चरणका विस्तृत वार्ताहरूलाई दिशा दिने अपेक्षा गरिएको छ, जसपछि मात्र अन्तिम सहमति र कार्यान्वयनको सम्भावना रहनेछ।

Read More

चीन पुगेका परराष्ट्रमन्त्री खनालको एक्सन मोड: बेइजिङबाट दिए यस्तो कडा निर्देशन, दूतावासलाई समेत छोडेनन्

काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चीनको राजधानी बेइजिङ पुगेका परराष्ट्रमन्त्री शिशिर खनाललाई नेपाली दूतावासले औपचारिक स्वागत गरेको छ।

बेइजिङ पुगेपछि दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा उनले सुशासन सुदृढीकरण, आर्थिक समृद्धि र विकास सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा सबै नेपालीको सक्रिय भूमिका आवश्यक रहेको बताए।

परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपाली समुदायलाई नेपालसँगको सम्बन्ध अझ मजबुत बनाउँदै देश विकासको अभियानमा योगदान दिन आग्रह गरे। “राष्ट्र निर्माण सबै नेपालीको साझा जिम्मेवारी हो,” उनले भने।

कार्यक्रमका क्रममा उनले नेपाली दूतावास परिसरमा वृक्षारोपणसमेत गरेका थिए। साथै, दूतावासको वर्तमान कार्यसम्पादन, सेवा प्रवाह र प्राथमिकताबारे कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूबाट जानकारी लिएका थिए।

मन्त्री खनालले चीनमा रहेका नेपाली नागरिकलाई प्रभावकारी, छिटो र सहज सेवा उपलब्ध गराउन दूतावासलाई थप सक्रिय हुन निर्देशन दिएका छन्।

बेइजिङ विमानस्थलमा उनलाई बेइजिङस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

Read More

यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेश गरेकी छन् ।

राष्ट्रिय सभा गृहमा आयोजित नगर सभाको १९ औँ अधिवेशन वैठकमा उहाँले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी हुन् । आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मानिएको छ । 

आज पेश भएको नीतिमाथि छलफल गर्न भोलि विहान ८ बजे राष्ट्रिय सभा गृहमा अधिवेशनको दोस्रो वैठक बोलाइएको छ ।

१. सुशासन तथा शासकीय प्रबन्ध

१. नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुनहरु र नेपाल सरकारको निर्णयानुसार तीन तहका सरकारका लागि कार्य विस्तृतीकरण प्रतिवेदनमा तोकिएका अधिकार र जिम्मेवारीको प्रयोग तथा प्रचलन गर्न गराउन आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध गरी स्थानीय सरकारको भूमिकालाई जनस्तरमा अनुभूत गर्ने गरी शासकीय अभ्यास गरिनेछ ।

२. कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधी प्रचारप्रसार गर्न कार्यालयको वेवसाइट, आधिकारिक मल्टीमिडिया च्यानलहरू तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ ।

३. कार्यबोझ र आवश्यकताको वस्तुनिष्ठ मूल्याङ्कन गरी ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा यकिन गरिनेछ ।

४. महानगरको बदलिँदो कार्यबोझ, नवप्रवर्तनकारी सहरी सेवा र प्रविधिको बढ्दो उपयोगलाई दृष्टिगत गरी सङ्गठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणमार्फत् सांगठनिक संरचना र दरबन्दीको वैज्ञानिक एवम् वस्तुनिष्ठ पुनरावलोकन गरिनेछ ।

५. कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र (One Stop Service Center) सञ्चालन गरिनेछ ।

६. काठमाडौँ महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई “Earn While You Learn” अवधारणा अनुसार Internship, Fellowship तथा Part-Time Engagement कार्यक्रम सञ्चालन गरिनेछ ।

७. काठमाडौँ महानगरपालिकाले हालसम्म जारी गरेका कानुनहरुको उत्तर विधायकी परीक्षण गरी समसामयिक संशोधन गरिनेछ ।

८. स्थानीय विवाद समाधानमा मेलमिलाप प्रकृयालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाइनेछ ।

९. शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गरिनेछ ।

१०. शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गरिनेछ। नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवर्धन गरिनेछ ।

११. सवारी पार्किङ्ग व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ । नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ्ग समस्याको दीगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ्ग प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ ।

१२. काठमाडौँ महानगरपालिकाको चालू खर्च घटाइ पूँजीगत खर्चलाई वृद्धि गर्ने नीति लिइनेछ ।

१३. विश्वका शहरहरुका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा साँस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौं शहरको सर्वाङ्गिण विकासमा टेवा पुऱ्याउन Sub-National Diplomacy को असल अभ्यास गरिनेछ ।

१४. आपसी सहकार्य, साझेदारी र स्थानीय शासन प्रवर्धनका लागि नगर-नगर साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।

२. सामाजिक विकास

१५. युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्धेश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।

१६. महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहिन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, शहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री शसक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

१७. एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई institutional गरिनेछ ।

१८. ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराईनेछ। ७५ बर्ष उमेर पुरा भएका बरिष्ठ ज्येष्ठ नागरिकहरु तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।

१९. सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौंको घोषणालाई साझेदार निकायहरुको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी “मानवीयताको शहरः काठमाडौं (The City of Humanity)” भन्ने मूल सन्देशलाई कार्यान्वयन गरिनेछ ।

२०. काठमाडौं महानगरपालिकाले आधुनिक तथा पराम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गरिनेछ ।

२१. महानगरक्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चरा चुरुङ्गीमैत्री अभ्यासहरू सञ्चालन गर्दै चरा चुरुङ्गीहरूका लागि पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिनेछ ।

२२. सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता (जेन जेड, जेन एल्फा) विशेष कार्यक्रम सञ्चालन गरिनेछ । नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिनेछ ।

३. शिक्षा, युवा तथा खेलकुद

२३. सबैको लागि शिक्षा तथा समावेसी शिक्षा को सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोम लगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवर्धन गरिनेछ ।

२४. काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षासम्बन्धी मार्गचित्र सहितको शिक्षा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

२५. विद्यालय र सामुदायिक अध्ययन केन्द्र (CLC) लगायतका स्थानमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ ।

२६. विद्यालय शिक्षालाई अनुसन्धानमुलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।

२७. विद्यार्थीको सृजनशील सिकाई र सिप विकासका लागि विद्यालयमा सिप तथा सृजनात्मक शुक्रबार (Creative Friday) कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित अतिरिक्त शैक्षिक क्रियाकलापहरु समेत सञ्चालन गरिनेछ । सृजनात्मक शुक्रबार कार्यक्रममा मूलतः सृजनात्मक सिकाई, STEAM, सीपमूलक तालिम तथा खेलकूद सम्बन्धी गतिविधिहरु सञ्चालन हुनेछन् ।

२८. विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय-विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।

२९. भाषा, सँस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गरिनेछ ।

३०. खेलाडीहरुलाई ऊर्जाशील तथा व्यवसायिक बनाउन महानगरले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्नेछ। साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गरिनेछ ।

३१. कक्षाकोठाको तापीय आराम, प्राकृतिक भेन्टिलेसन र CO₂ सान्द्रताको अध्ययन गरिनेछ। अध्ययनका आधारमा उपयुक्त प्राकृतिक भेन्टिलेसनसम्बन्धी मापदण्ड निर्धारण गरी कार्यान्वयन गरिनेछ ।

४. सुलभ स्वास्थ्य सेवा

३२. शहरी स्वास्थ्य प्रबर्धनका लागि शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको क्षमता वृद्धि गरी समयसापेक्ष, आधुनिक र प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।

३३. आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यान मार्फत शारिरीक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धतिको प्रवर्धन गरिनेछ ।

३४. निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाईक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईनेछ।

३५. महानगरवासीको मृगौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ ।

३६. मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा breast-feeding and Care Blocks सेवाको व्यवस्थापन गरिनेछ ।

३७. महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहको लागि प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचार गर्ने व्यवस्थालाई कडाईकासाथ लागु गरिनेछ ।

३८. महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गरिनेछ ।

३९. परिवर्तित जीवनशैलीका कारण तिव्र रुपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइनेछ ।

४०. ज्येष्ठ नागरिकहरुका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।

५. वातावरण तथा सरसफाई

४१. फोहर निःशुल्क, सशुल्क, न्यूनिकरण, सृजनात्मक पुनः चक्रिय प्रयोग आधारित Circular Economy लाई प्रबर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहरमैलाको उचित व्यवस्थापन गरिनेछ ।

४२. स्थानान्तरण केन्द्रबाट निस्काशित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ ।

४३. काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरुलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रुपमा विकास तथा विस्तार गर्दै लगिनेछ ।

४४. फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त (Polluters Pay Principle) अनुरुप एकद्धार प्रणाली मार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाईनेछ । बन्चरेडाँडा ल्यान्डफिल साईटमा फोहरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिको आधारमा वित्तिय साझेदारी गर्न पहल गरिनेछ ।

४५. फोहरमैला व्यवस्थापनलाई अनलाईन एपका माध्यमवाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवाप्रदायक र सेवाग्राहीको पहुँच水中 हुने विशेष प्रबन्ध मिलाइनेछ ।

४६. उचित प्रविधिको प्रयोग गरी वायू, जल, जमिन, ध्वनी, दृष्य आदि प्रदुषण नियन्त्रण गरिनेछ । सङ्घ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदुषण नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम सञ्चालन गरिनेछ ।

४७. प्लाष्टिकको झोला तथा प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

४८. फोहरमैला व्यवस्थापनमा विकास भएको नविन अवधारणा, प्रविधि र प्रयोगको अध्ययन गरी तीन तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा फोहरमैला व्यवस्थापन गर्ने रणनीति अख्तियार गरिनेछ ।

६. राजश्व परिचालन

४९. राजश्व परिचालनलाई पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन आ.व. २०८३/०८४ देखि कर प्रणाली अडिट (Tax System Audit) शुरु गरिनेछ ।

५०. काठमाडौँ महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाइनेछ ।

५१. करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजश्व सेवा सम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत् सम्प्रेषण गरिनेछ ।

५२. महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागु गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ।

५३. एकीकृत करदाता परिचय नम्वर Single Tax Payer Id पूर्णरुपमा लागू गरिनेछ ।

५४. बहालमा लिए दिएका घर/जग्गा/अन्य संरचना/सम्पतिहरुको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ ।

५५. जिआईएस डिजिटल भुसूचना प्रणाली मार्फत करदाता अभिलेखलाई व्यवस्थित गरिनेछ ।

७. शहरी योजना

५६. काठमाडौं महानगरपालिकाको शहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

५७. विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणहरुलाई भौगोलिक सूचना प्रणाली (GIS) मा आवद्ध गरिनेछ। मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ। मौषमजन्य विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राखिनेछ।

५८. विद्यालय, अस्पताल, होटल, सपिङ मल, सार्वजनिक भवन तथा बहुउद्देश्यीय संरचनाहरुको विपद् सुरक्षा मापदण्ड तर्जुमा गरी सो को प्रभावकारी कार्यान्वयन, सुपरीवेक्षण तथा नियमित सुरक्षा परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

५९. सार्वजनिक निजी साझेदारीमा सञ्चालित परियोजनाहरुको विस्तृत अध्ययन गरी आवश्यक सुधारको लागि सम्बद्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिनेछ ।

६०. सार्वजनिक निजी साझेदारी प्रारुपमा सञ्चालन हुनसक्ने नयाँ परियोजनाहरुको पहिचान गरी सो को सम्भाव्यता अध्ययन गरिनेछ ।

६१. महानगरवासीको स्वच्छ पिउने पानीको हकलाई प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।

६२. निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिन थप स्थानहरुका खानेपानी वुथ तथा सार्वजनिक शौचालयको निर्माण गरिनेछ ।

८. पूर्वाधार तथा शहरी विकास

६३. स्ट्रिट लाइट तथा हाईमास्टहरुमा स्मार्ट प्रविधिको प्रयोग गरी उज्यालो र सुरक्षित महानगर बनाइनेछ ।

६४. GIS डेटाबेसमा आधारित भई महानगरपालिका क्षेत्रभित्र रहेका नदी किनार तथा सार्वजनिक स्थलको संरक्षण गर्न आवश्यक पूर्वाधारका कार्य गरिनेछ ।

६५. महानगरपालिका क्षेत्रभित्र भौतिक पूर्वाधार विकास तथा सेवा सञ्चालन गर्ने निकायहरुबिच समन्वय गरी सार्वजनिक वित्तको उच्चतम प्रतिफल प्राप्त हुने र महानगरवासीलाई असुविधा नहुने प्रबन्ध मिलाउन एकीकृत संयन्त्र गठन गरी सक्रिय बनाइनेछ। यसका लागि GIS based monitoring system विकास गरी प्रयोगमा ल्याइनेछ ।

६६. बिद्युतीय भवन अनुमति प्रणाली (eBPS) を समय सापेक्ष अद्याउदिक गरी बायोमेट्रिक प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) को प्रणालीसँग अन्तरआबद्धता गर्ने प्रबन्ध मिलाईनेछ ।

६७. बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी महानगर क्षेत्रभित्रका घरजग्गा धितो राखी ऋण प्रवाह गर्दा काठमाडौँ महानगरपालिकाको eBPS प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाइनेछ ।

६८. महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा आवासीय भवन निर्माण गर्दा नक्सापास दस्तुरमा बिस प्रतिशत छुट दिइनेछ ।

६९. काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण हुने र निर्माण भैसकेका सार्वजनिक तथा निजी सबै किसिमका भवन तथा भौतिक संरचनाको जोखिम हस्तान्तरण तथा आर्थिक सुरक्षाको उचित व्यवस्था गर्न सहुलियतपूर्ण दरमा विमा गर्ने प्रबन्ध गरिनेछ ।

७०. आगामी ५ बर्षभित्रमा महानगरपालिकाभित्रका सम्पूर्ण भवनहरुलाई विपद् उत्थानशील बनाउने अभियानको शुरुवात गर्न यसै आ.व. देखि समुदायको सहभागितामा जोखिम सर्वेक्षण तथा प्रवलीकरण (Retrofitting) र आवश्यक मर्मत सम्भार गर्ने कार्यको थालनी गरिनेछ ।

७१. उर्जा दक्ष प्रविधि (Energy Efficiency), जमिनमुनि पानी पुनर्भरण गर्ने प्रविधि (Ground Water Recharge) र Sewerage Treatment Plant समाहित गरी भवन निर्माण गर्ने कार्य थालनी गरिनेछ ।

७२. काठमाडौं महानगरपालिकाले सडक सुरक्षा, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरीय सार्वजनिक यातायातको प्रबर्धनमार्फत् सुरक्षित, व्यवस्थित र दिगो शहरी यातायात प्रणाली विकास गर्ने नीति अवलम्बन गर्नेछ । पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण तथा सेवा विस्तार गरिनेछ ।

७३. काठमाडौँ उपत्यकाको लागि आवश्यक र उपयुक्त सार्वजनिक यातायातको माध्यम पहिचान गरी सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक समन्वय गरिनेछ ।

७४. साझा यातायात मार्फत रात्रिकालिन यातायात सेवालाई क्रमशः विस्तार गरी जीवन्त र समृद्ध शहरको अवधारणा कार्यान्वयन गरिनेछ । सार्वजनिक यातायात सेवालाई मर्यादित र विश्वसनीय बनाउन सहकार्य गरिनेछ ।

७५. जग्गा विकास आयोजना हस्तान्तरण सम्बन्धी कानुनी प्रबन्ध गरी काठमाडौं महानगरपालिकाबाट सञ्चालित नयाँ बजार र चःमति जग्गा एकीकरण आयोजना हस्तान्तरण गरिनेछ ।

७६. मनोहरा जग्गा एकीकरण आयोजनालाई आवश्यक बजेटको व्यवस्था गरी आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइनेछ ।

७७. सुन्धारा धरहरा क्षेत्रको सञ्चालन तथा व्यवस्थापन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना तथा सञ्चालन र काठमाडौँ प्लाजा भवन दीगो रुपमा सार्वजनिक प्रयोगको लागि काठमाडौं महानगरपालिकालाई उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गरिएकोमा सो अनुरुप नेपाल सरकारबाट प्राप्त गर्न पहल गरी प्राथमिकताका साथ योजना कार्यान्वयन गरिनेछ ।

७८. नदी किनार तथा सार्वजनिक स्थानका जोमिखपूर्ण वस्तीबाट उद्दार गरी संरक्षण गरिएका व्यक्तिहरुको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शिघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ ।

७९. सहरी गरिब, विस्थापित र केही नभएका तथा कोही नभएका व्यक्ति तथा परिवारका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनको लागि सामुहिक आवासको प्रबन्ध गरिनेछ ।

८०. काठमाडौँ महानगरपालिका वडा नम्वर ३२ कोटेश्वरस्थित तीनकुनेभित्रको अधिग्रहणमा परी मुआब्जा वितरण हुन र अधिग्रहण हुन बाँकी जग्गाको मुआब्जाको लागि लाग्ने सम्पूर्ण रकममध्ये काठमाडौं महानगरपालिकाले एक तिहाई र नेपाल सरकारले दुई तिहाई रकम व्यहोर्ने शर्तमा आर्थिक वर्ष २०८२।८३ को बचत रकमबाट काठमाडौँ महानगरपालिकाले एक तिहाई अंशको कम्तिमा आधा एक किस्ता रकम र नेपाल सरकारले दुई तिहाइ अंशको कम्तिमा आधा एक किस्ता रकम एवम् बाँकी किस्ता रकम आर्थिक वर्ष २०८३।८४ मा सोही बमोजिम काठमाडौँ महानगरपालिका र नेपाल सरकारको बजेटबाट बेहोर्ने व्यवस्था गरिनेछ । 

९. सम्पदा, सँस्कृति तथा पर्यटन

८१. सांस्कृतिक सहरः समृद्ध महानगरको परिकल्पनालाई मुर्त रुप दिन काठमाडौँ महानगर क्षेत्रभित्रको मौलिक र विशिष्ट ऐतिहासिक एवम् साँस्कृतिक सम्पदाहरुको संरक्षण, प्रवर्धन तथा विकास गरिनेछ ।

८२. काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक सहरको रुपमा विकास गरिनेछ। यहाँका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योःछें, वहाल, वहा वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरुको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामाकरण, नक्सांकन, मर्मत, जिर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्वर्धन र प्रवर्धन गरिनेछ ।

८३. विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिबलको आयोजना गरिनेछ ।

८४. मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा वस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ। इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका अन्य ऐतिहासिक तथा साँस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन गरिनेछ ।

८५. पर्यटन प्रवर्धन तथा विकासका लागि प्राचिन वस्ती एवम् सहरहरुमा होमस्टे सञ्चालनको लागि प्रोत्साहन गरिनेछ ।

८६. अमुर्त सम्पदाहरुः स्थानीय जात्रा, पर्व, कला, संस्कृति, परिकार, परम्परागत बाजा तथा संगीतहरुको संरक्षण र प्रवर्धन गर्दै युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा (ICH) सूचिकृत गर्न आवश्यक पहल गरिनेछ ।

८७. Recharged Kathmandu Campaign सञ्चालन गरिनेछ। यसका लागि महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधारा (हिती) हरुको पुनर्स्थापना, आकाशे पानी संकलन तथा पुनर्भरण गर्दै जल सम्पदाको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिईनेछ ।

८८. मौलिक र परम्परागत लोककला, पाककला, भेषभुषा, शिल्प, गरगहना, जात्रापर्व, साहित्य संगीत तथा प्राकृतिक सम्पदाहरुलाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रुपमा विकाश र प्रवर्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्सपो, प्रदर्शनी जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

८९. काठमाडौँ महानगरपालिकाले निर्माण गरेको देय् साँस्कृतिक लाई सञ्चालनमा ल्याइनेछ । साथै काठमाडौँ महानगरपालिका क्षेत्रमा मनाइने ऐतिहासिक तथा साँस्कृतिक महत्वको जात्राको रुपमा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित इन्द्रजात्रा रथयात्राका प्रमुख देवगणहरु श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।

१०. सूचना प्रविधि

९०. विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात् गर्दै केन्द्र र वडा कार्यालयहरूबाट प्रवाह हुने सेवा, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित (Automated) बनाइनेछ । जनप्रतिनिधि र कर्मचारीहरूको डिजिटल साक्षरता अभिवृद्धि गर्दै प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइनेछ ।

९१. GIS-आधारित डिजिटल ठेगाना प्रणाली, Open Data Initiative, AI प्रविधि, राष्ट्रिय तथा प्रादेशिक डिजिटल प्रणालीहरूसँग अन्तरआबद्धता, साइबर सुरक्षा, प्रणाली मर्मतसम्भार कार्यक्रमलाई प्रबर्धन गरिनेछ ।

९२. योजना, सेवा प्रवाह, विकास आयोजना, राजस्व, खर्च, पूर्वाधार, वातावरण, विपद् व्यवस्थापन र गुनासो व्यवस्थापन सम्बन्धमा सुसूचित गर्न तथा नियमित अनुगमनका लागि KMC Dashboard स्थापना तथा

सञ्चालन गरिनेछ ।

९३. Municipal Governance लाई सुदृढ गर्न Digital Public Infrastructure को रूपमा GIS-आधारित एकीकृत सूचना प्रणाली स्थापना गरी सञ्चालन गरिनेछ ।

९४. काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सूचना प्रणालीहरूलाई राष्ट्रिय परिचयपत्र, नागरिक एप, राष्ट्रिय भुक्तानी प्रणाली, भूमि अभिलेख, राजस्व तथा अन्य संघीय एवम् प्रादेशिक डिजिटल प्रणालीहरूसँग अन्तरआबद्ध (Interoperable) बनाउँदै लगिनेछ ।

९५. काठमाडौं महानगरपालिकाको Software Development, Cyber Security तथा System Maintenance Unit लाई आवश्यक जनशक्ति, पूर्वाधार तथा आधुनिक प्रविधिबाट सुदृढ बनाइनेछ ।

९६. महानगरपालिकाका कर्मचारीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्न “Digital Governance and Cyber Hygiene” सम्बन्धी तालिम सञ्चालन गरिनेछ । साथै सेवाग्राहीहरूका लागि डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।

११. उपभोक्ता हित

९७. उपभोक्ता हित संरक्षणका लागि खाद्य स्वच्छता, गुणस्तर परीक्षण, स्वस्थ भान्छा, जङ्क फुड नियन्त्रण, सुर्ती तथा मदिराजन्य पदार्थको नियमन, सुरक्षित मासु उत्पादन तथा जीवन्तु व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

९८. खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्दै एग्रो पुलिङ तथा मेट्रो मार्ट मार्फत विषादि रहित स्वच्छ फलफूल र तरकारीको होम डेलिभरी हुने व्यवस्था मिलाइनेछ । महानगरवासीको न्यूनतम जीवनस्तर सम्बन्धी सूचकहरू सहितको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइनेछ ।

९९. स्वच्छ, गुणस्तरीय र सुरक्षित मासु उत्पादन तथा विक्री वितरणका लागि व्यवस्थित वधशाला निर्माण तथा सञ्चालनका लागि आवश्यक व्यवस्था गरिनेछ ।

१००. सडक कुकुर तथा बाँदरको संख्या नियन्त्रणका लागि पशु कल्याण सुनिश्चित गर्दै मानवीय, वैज्ञानिक र प्राविधिक उपायहरू अवलम्बन गरी प्रभावकारी व्यवस्थापन गरिनेछ ।

१०१. सहकारी सम्बन्धी राष्ट्रिय नीति, सङ्घीय तथा प्रदेश कानुन अनुरुप काठमाडौं महानगरपालिकाको कानुनी प्रबन्धलाई संशोधन गरी आफ्नो क्षेत्राधिकार भित्रका सहकारी सम्बद्ध संघ संस्थाहरुको नियमित अनुगमन, नियमन, संस्थागत सुशासन तथा वित्तिय अनुशासन मार्फत् सहकारी क्षेत्रको प्रबर्द्धन गरिनेछ। निष्कृय सहकारीहरुको पुनः सञ्चालन, खारेजी तथा विघटन सम्बन्धी कारवाहीमा सहजीकरण गरिनेछ ।

Read More

अब विदेश जानु पर्दैन भन्दै अर्थमन्त्रीले दिए ग्यारेन्टी, युवामाझ आशा कि भाषण ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली युवाहरूले आफ्नो भविष्य बनाउन विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले काम थालेको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत त्यसको आधार तयार पारिएको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले विगत डेढ दशकदेखि युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भएको उल्लेख गर्दै अब त्यो अवस्थालाई क्रमशः बदल्ने लक्ष्य सरकारको रहेको बताए।

“वर्षौंदेखि युवाहरू आफ्ना सपना पूरा गर्न विदेशिन बाध्य भएका छन्। अब त्यो अवस्था दोहोरिन नदिन आवश्यक जग बसाल्ने काम बजेटमार्फत सुरु गरेका छौँ,” उनले भने, “यसको प्रभाव कार्यान्वयनसँगै देखिन थाल्नेछ र आगामी पाँच वर्षमा ठोस परिणाम दिने अपेक्षा गरेका छौँ।”

अर्थमन्त्री वाग्लेले सरकारले कर प्रणालीमा पनि सुधार गरेको उल्लेख गरे। उनका अनुसार निश्चित आयसम्मका युवालाई करको झन्झटबाट मुक्त गरिने व्यवस्था गरिएको छ, जसले उद्यमशीलता र स्वरोजगारलाई प्रोत्साहन पुग्ने विश्वास लिइएको छ।

त्यसैगरी, करसम्बन्धी जटिलतामा परेका उद्योगी–व्यवसायीलाई पुनः व्यवसाय विस्तार र नयाँ सुरुवात गर्न सहज हुने गरी बजेटमा विभिन्न सहुलियत व्यवस्था गरिएको उनले बताए। सरकारले ल्याएका अवसर र नीतिगत सुविधाको उपयोग गर्न उनले निजी क्षेत्रलाई आग्रहसमेत गरे।

सरकारले युवामैत्री अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बजेट ल्याएको दाबी गरे पनि यसको प्रभाव भने कार्यान्वयनपछि मात्र देखिनेछ।

Read More

सरकारी अस्पतालले उपचार दिन सक्दैन, निजीलाई लग्जरी कर किन ? सरकारलाई गगनको कटाक्ष

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा, स्वास्थ्य र विद्युत् क्षेत्रमा सरकारले लगाएको करप्रति असन्तुष्टि जनाउँदै त्यसलाई जनमुखी नीति विपरीत भएको बताएका छन्।

आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै थापाले सरकारले आयकरको सीमा परिवर्तन गरे पनि अर्को बाटोबाट नागरिकमाथि थप करको भार थोपरेको आरोप लगाए।

उनले वर्तमान अवस्थामा निजी विद्यालयमा छोराछोरी पढाउनु वा निजी अस्पतालमा उपचार गराउनु विलासिता (लग्जरी) नभएको स्पष्ट पारे। “सरकारी विद्यालय र अस्पतालको अवस्था के छ भन्ने यथार्थ हेर्नुपर्छ। सबै नागरिकले सहज रूपमा गुणस्तरीय सेवा पाएका छन् कि छैनन् भन्ने प्रश्नको जवाफ नदिई निजी क्षेत्रमा जानेहरूलाई अतिरिक्त कर लगाउनु उचित हुँदैन,” उनले भने।

थापाले राज्यले आधारभूत सेवा सुदृढ नगरी नागरिकलाई थप आर्थिक भार बोकाउनु न्यायोचित नहुने तर्क गरे। शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई राजस्व संकलनको माध्यमभन्दा पनि सार्वजनिक सेवाको रूपमा हेर्नुपर्ने उनको धारणा थियो।

सरकारले हालै केही क्षेत्रमा करसम्बन्धी नयाँ व्यवस्था अघि बढाएपछि त्यसबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ।

Read More

रास्वपाभित्र पदको राजनीति, सहमहामन्त्री आचार्यले गरे खुला टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र पद र जिम्मेवारीलाई लिएर बढ्दो आकांक्षाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले पद नपाए पार्टी नै छोड्ने प्रवृत्ति बढ्दै गएको भन्दै कार्यकर्तालाई धैर्य र प्रतिबद्धताको राजनीति गर्न आग्रह गरेका छन्।

लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले केही नेता–कार्यकर्तामा पदप्रतिको अत्यधिक मोह देखिएको टिप्पणी गरे। उनले पार्टीमा योगदानभन्दा पनि पद प्राप्तिलाई प्राथमिकता दिने सोचले संगठनलाई कमजोर बनाउन सक्ने बताए।

“चार वर्षभित्र मन्त्री हुन पाइएन भने पार्टी छोड्ने, सभापति बन्न पाइएन भने अर्को दल रोज्ने सोच सही होइन,” उनले भने, “राजनीतिलाई अवसरभन्दा पनि विचार र प्रतिबद्धतासँग जोडेर हेर्नुपर्छ।”

आचार्यले चुनावमा टिकट नपाउँदा पनि पार्टीप्रति निष्ठावान रहनुपर्ने धारणा राख्दै पदभन्दा संगठन र उद्देश्यलाई ठूलो मान्नुपर्ने बताए। उनले कार्यकर्तालाई पुराना दलबाट धैर्यता र संगठनात्मक संस्कार सिक्न पनि सुझाव दिए।

उनको भनाइलाई रास्वपाभित्र बढ्दो पदलोलुपता र आन्तरिक व्यवस्थापनबारे आएको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

Read More

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको र कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।

उनले भने- ‘नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ ।’

उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

साथै यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक परिस्थिति बारेमा बोल्दै देशका सबै समुदायको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

Read More