२०८३ कार्तिक ९

लमजुङका ७५ वटै वडामा कांग्रेसको अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस लमजुङले जिल्लाका सबै ७५ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट वडा समिति गठनसँगै करिब दुई हजार क्षेत्रीय प्रतिनिधि चयन गरिएको पार्टीले जनाएको छ।

कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीका अनुसार सबै वडामा अधिवेशन निर्विरोध सम्पन्न भएको हो। वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया एकैसाथ अघि बढाइएको थियो।

चयन भएका क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सहभागिता जनाउनेछन्। उनीहरूले पालिका तथा जिल्ला नेतृत्वका साथै महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा पनि भूमिका निर्वाह गर्नेछन्।

कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन गरिएको हो। असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरिएको छ।

नेतृत्व चयनलाई लिएर आन्तरिक तयारी

वडा अधिवेशनसँगै जिल्लामा आगामी पार्टी नेतृत्वका लागि आन्तरिक तयारीसमेत बढेको छ। विभिन्न समूहका नेता तथा कार्यकर्ता अधिवेशनलाई केन्द्रित गर्दै सक्रिय भएका छन्।

यद्यपि, ‘कुलिङ पिरियड’ को विषयलाई लिएर देउवा र शेखर पक्षका केही नेता तथा कार्यकर्ता वडा अधिवेशनमा सहभागी नभएको 

Read More

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन छलफल जारी

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ। ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखिरहेका छन्।

बैठकमा प्रत्येक सदस्यलाई आफ्नो धारणा प्रस्तुत गर्न अधिकतम तीन मिनेटको समय तोकिएको छ। सदस्यहरूले राजनीतिक प्रतिवेदन, जनतासँगको पार्टीको सम्बन्ध तथा समसामयिक विषयमा आफ्ना विचार राखिरहेका छन्।

संगठनात्मक संरचनाबारे निर्णय हुँदै

बैठकले केन्द्रीय कमिटीमा सदस्य मनोनयनसँगै विभिन्न विभाग गठन गर्ने तयारी गरेको छ। यस्तै, पोलिटब्युरो र स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी विषयमा पनि बैठकबाट निर्णय हुने बताइएको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकका क्रममा राजनीतिक तथा संगठनात्मक विषयमा छलफल अघि बढाइनेछ।

Read More

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जाँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः१५ बजे कतार एयरवेजको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम छ। उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्नेछन्। उनको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित अन्य प्रतिनिधिको सहभागिता रहनेछ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली टोली यसअघि नै असोज ४ गते न्युयोर्क प्रस्थान गरिसकेको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कनेछन्।

प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो।

Read More

कांग्रेसको वडा अधिवेशन : बाँकी वडामा आज प्रक्रिया अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत सोमबार अधिवेशन हुन बाँकी वडामा निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार विभिन्न जिल्लाका बाँकी वडामा आज अधिवेशन हुनेछ।

सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङको क्षेत्र नम्बर ६, रौतहटको क्षेत्र नम्बर १, सर्लाहीको क्षेत्र नम्बर २ तथा नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ अन्तर्गत बाँकी वडामा अधिवेशन हुने समितिले जनाएको छ।

आइतबारसम्म कांग्रेसका ६ हजार १ सय ३२ वडाको अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले असोज १ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो।

Read More

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ। प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक हुन लागेको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको पछिल्लो अवस्था र आगामी विषयमा आफ्नो धारणा राख्ने अवसर पाउने भएका छन्।

बैठकको कार्यसूची तय गर्न पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक बस्नेछ। आइतबारदेखि जारी सचिवालय बैठकलाई आज पनि निरन्तरता दिइने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष आफ्नो प्रतिवेदन बुझाएपछि स्थगित भएको केन्द्रीय कमिटी बैठक पुनः बस्न लागेको हो।

Read More

रास्वपाले ‘राइट टु रिकल’का लागि उपसमिति गठन गर्दै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न चार वटा विषयगत उपसमिति गठन गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा रहेको दस्तावेज निर्माण समितिको पहिलो बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो। बैठकले सांसद मनिष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ।

रास्वपाका अनुसार ‘राइट टु रिकल’को अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने विषयलाई केन्द्रमा राख्नेछ।

गठन गरिएका उपसमिति

उपसमितिजिम्मेवारी
संवैधानिक तथा कानुनी प्रावधान अध्ययनसुलभ खरेल, गजला शमिम मिकरानी
अन्तर्राष्ट्रिय अभ्यास अध्ययनअनुष्का श्रेष्ठ
सरोकारवालासँग छलफल तथा समन्वयसमीक्षा बास्कोटा, करिस्मा कठरिया
सञ्चार तथा मिडिया समन्वयप्रमोद न्यौपाने

बैठकमा महामन्त्री आचार्यसहित गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो।

Read More

अर्थमन्त्री वाग्लेको भारत भ्रमण : आज उच्चस्तरीय भेटवार्ता र छलफल

काठमाडौं : भारतको तीनदिने भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको शुक्रबार विभिन्न उच्चस्तरीय भेटवार्ता तथा छलफलमा व्यस्त रहने कार्यतालिका रहेको छ। बिहीबार भारत पुगेका वाग्लेले भ्रमणको पहिलो दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय वार्ता गरेका थिए।

भ्रमणको दोस्रो दिन बिहान ९ बजे नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। पूर्वभारतीय विदेशसचिव श्याम शरणको आयोजनामा हुने उक्त कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा उपस्थित भएर आफ्ना धारणा राख्नेछन्।

उनले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। दुई पक्षबीचको भेटवार्ता शुक्रबार साँझ ५ बजेका लागि तय गरिएको छ।

अर्थमन्त्री वाग्लेले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने अर्को उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। भारत मण्डपममा हुने उक्त कार्यक्रममा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीसहित नेपाली प्रतिनिधिमण्डल सहभागी छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत पनि टोलीमा छन्।

भ्रमणको अन्तिम दिन शनिबार अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Read More

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले सिंहको योगदानको स्मरण गर्दै विविध कार्यक्रम सञ्चालन गर्दैछन्।

राणाविरोधी आन्दोलनदेखि प्रजातन्त्र स्थापनासम्म
नेपाली राजनीतिक इतिहासमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा स्मरण गरिने सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रबाट प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका थिए। उनले आफ्नो स्थानमा सहकर्मी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंह प्रारम्भिक राजनीतिक जीवनदेखि नै निरंकुश शासनविरुद्धको अभियानमा सक्रिय थिए। उनी प्रजा परिषद्मा आबद्ध हुँदै राणाशासन अन्त्य गर्ने आन्दोलनमा सहभागी भएका थिए।

२००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भाग्न सफल भएपछि उनी भारत पुगेका थिए। त्यहाँ उनको बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित भएको थियो। २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा समेत सिंह सक्रिय थिए।

२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको सशस्त्र क्रान्तिका क्रममा उनले वीरगन्ज मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रजातन्त्र अपहरणपछि लामो काराबास
२०१५ सालको पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा सिंह वरिष्ठ मन्त्री बनेका थिए। २०१७ सालमा प्रजातान्त्रिक व्यवस्था समाप्त भएपछि उनले लामो काराबास भोग्नुपर्‍यो। सिंहले सिंहदरबार र सुन्दरीजलस्थित बन्दीगृहमा गरी करिब आठ वर्ष जेल जीवन बिताएका थिए।

२०२५ सालमा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी प्रवासमा राजनीतिक संगठन विस्तार गर्ने कार्यमा सक्रिय रहे।

राष्ट्रिय एकता तथा मेलमिलापको नीति
२०३३ सालमा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंहले पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक अभियानलाई निरन्तरता दिएका थिए।

२०५४ साल असोज २ गते निधन भएका गणेशमान सिंह नेपाली लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिन्छन्। प्रजातन्त्र स्थापनाका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।

Read More

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाका तीन संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिले विभिन्न विषयमा छलफल गर्दैछन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति
बिहान ८:३० बजे बस्ने बैठकमा जलवायु परिवर्तनबारे विषय विज्ञसँग छलफल हुनेछ। साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिताका विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समिति
बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति
बिहान ११:१५ बजे बस्ने बैठकमा जलवायु परिवर्तनका कारण नेपालमा परेको पछिल्लो प्रभाव तथा क्षतिबारे विषय विज्ञ र सरोकारवाला संस्थासँग छलफल हुनेछ। आगामी जलवायु सम्मेलन र त्यससँग सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक पहलका विषयमा समेत बैठकमा विचारविमर्श गरिनेछ।

Read More

भोटेकोशी बाढीपछि पुनर्निर्माणबारे सर्वदलीय बैठक

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको छ।

बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना गरिएको हो। छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रतिनिधि नेताहरू सहभागी भएका छन्।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल सहभागी छन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रास्वपाका महामन्त्री विपिन आचार्य, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू पनि बैठकमा उपस्थित छन्।

Read More