२०८३ श्रावण १२

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण सम्पन्न

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहणपछि सभापति लामिछानेले उनीहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए।

रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने अन्य ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचन प्रक्रियामार्फत चयन भएका थिए।

शपथ ग्रहणसँगै रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। बैठकमा पार्टी विधानअनुसार मनोनयन गर्न बाँकी रहेका ५१ जना केन्द्रीय सदस्यको चयन प्रक्रिया तथा मापदण्डबारे छलफल हुने बताइएको छ।

Read More

राष्ट्रियसभामा उठेका प्रश्नको समयमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको समयमै जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको भन्दै सबै मन्त्रीहरूलाई संसद्मा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन्।

रुलिङ गर्दै अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।”

यसअघि सोही बैठकमा शून्य समयमा उठाइएका जनताका समस्या तथा समसामयिक विषयमा सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै उठाइएका विषयमा समयमै जवाफ दिन माग गरेका थिए।

सांसदहरूले संसद्मा उठाइएका प्रश्नहरूको उत्तर नदिँदा संसदीय गरिमा र संसद्को अनुगमनकारी भूमिकामाथि नै प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारलाई संसद्प्रति थप जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका छन्।

Read More

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न शपथ कार्यक्रम आयोजना गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुने कार्यक्रममा ९९ जना केन्द्रीय सदस्यले सभापति रवि लामिछानेबाट पद तथा गोपनीयताको शपथ लिनेछन्। यसअघि उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीलगायत पदाधिकारीहरूले शपथ लिइसकेका छन्।

शपथपछि नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ। उक्त बैठकमा सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अघि बढाउन सक्ने व्यवस्था पार्टी विधानमा रहेको छ।

विधानअनुसार मनोनीत प्रक्रिया पूरा भएपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्तालगायत पदाधिकारीहरू थप औपचारिक रूपमा मनोनीत हुने व्यवस्था रहेको छ।

Read More

ओलीको आरोप : हिंसात्मक घटनालाई वैधानिकता दिन खोजियो

काठमाडौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड, हत्या र लुटपाटका घटनालाई अहिले वैधानिकता दिने प्रयास भइरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि केही शक्तिले हिंसात्मक गतिविधिमार्फत सरकार ढाल्ने प्रयास गरेको र त्यही घटनालाई अहिले उचित ठहर्याउने काम भइरहेको दाबी गरे।

उनले आफ्नो नेतृत्वको सरकारले भूकम्प र कोभिड–१९ महामारीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवित गर्न तथा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्र सुधारका लागि काम गरेको उल्लेख गर्दै त्यही कारण केही पक्ष असन्तुष्ट बनेको टिप्पणी गरे। न्यायपूर्ण, शान्तिपूर्ण र भयमुक्त समाज निर्माणप्रति एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो।

खेलकुदको प्रसंगमा ओलीले नेपालभन्दा साना र हालै विकासशील राष्ट्र बनेका मुलुकले विश्व फुटबलमा उल्लेखनीय सफलता हासिल गरिरहँदा नेपालमा भने सरकारी हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) विवादमा परेको बताए। उनले खेलाडीको शारीरिक विकासका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै खेलकुद महासंघले सक्षम खेलाडीसँगै जिम्मेवार नागरिक पनि तयार गर्नुपर्ने धारणा राखे।

Read More

रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्यको शपथ भोलि, पहिलो केन्द्रीय समिति बैठक पनि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पार्टीको निर्वाचन आयोगका अनुसार शपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, असिम शाह र निशा डाँगीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। अब बाँकी ९९ जना निर्वाचित केन्द्रीय सदस्यलाई सभापति लामिछानेले शपथ गराउनेछन्।

शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने कार्यक्रम रहेको छ। बैठकमा सभापति लामिछानेले मनोनीत केन्द्रीय सदस्यहरूको प्रस्ताव प्रस्तुत गर्न सक्ने जनाइएको छ।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ। मनोनयन प्रक्रिया पूरा भएपछि उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्तासहितका पदाधिकारी पनि मनोनयन गरिने व्यवस्था रहेको छ।

Read More

संसद्को गरिमामाथि प्रश्न उठिरहेका बेला सांसदलाई सभामुखको आत्मसमीक्षा र आचरण सुधारको आग्रह

काठमाडौँ । मुलुकको सर्वोच्च नीतिनिर्माण तह संसद् र त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आत्मसमीक्षा र आचरण सुधारका लागि कडा आग्रह गरेका छन् । लाखौँ मतदाताको विश्वास र भरोसा जितेर संसद्‌को रोस्टमसम्म पुगेका सांसदहरूले जनअपेक्षाअनुरूप आफूलाई जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा सभामुखले जोड दिएका छन् ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित सांसदहरूका लागि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले संसद्को गरिमा बढाउन जनप्रतिनिधिहरूको व्यवहार अनुकरणीय हुनुपर्ने स्पष्ट पारे ।

‘तपाईंहरूका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका छन् र मूल्याङ्कन गरिरहेका छन्,’ सभामुख अर्यालले सचेत गराउँदै भने, ‘त्यसैले जनविश्वास कायम राख्ने गरी मात्र काम गर्नुहोस् ।’

मुलुकको पछिल्लो राजनीतिक समीकरण र परिवर्तनसँगै संसद्‌मा नयाँ अनुहारहरूको बाहुल्यता छ । यसै यथार्थलाई स्वीकार गर्दै सभामुख अर्यालले नयाँ हुनु आफैँमा कमजोरी नभए पनि विधि र प्रक्रिया सिक्न अनिवार्य रहेको औंल्याए । उनका अनुसार, “हामीमध्ये धेरै सांसद नयाँ छौँ । नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन तर सङ्घीय संसद्को कार्यप्रणाली र प्रक्रियामा अझ अभ्यस्त हुन बाँकी छ ।”

उनले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई संसद्को कार्यकक्षमा प्रभावकारी ढंगले लागू गर्नसमेत निर्देशन दिए । सांसदहरूको मूल्याङ्कन उनीहरूको भाषणले मात्र नभएर समयपालन, अनुशासन र जिम्मेवार व्यवहारबाट हुने सभामुखको भनाइ थियो । संसद्को प्रभावकारिता र मर्यादा बढाउन सांसदहरू स्वयं अनुशासित हुनुपर्नेमा उनले जोड दिए ।

तर सांसदहरूलाई संसदीय प्रक्रिया सिकाउने उद्देश्यले आयोजना गरिएको उक्त अभिमुखीकरण कार्यक्रममै धेरैजसो सांसदहरू अनुपस्थित देखिएपछि सभामुख अर्यालले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

Read More

रास्वपाको प्रथम महाधिवेशन : बाराका चारमध्ये दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित, दुई पराजित

काठमाडौं ।   चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराबाट प्रतिनिधि सभामा निर्वाचित चार सांसदमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।

महाधिवेशनबाट बारा निर्वाचन क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी र क्षेत्र नं. ३ का सांसद अरविन्द साह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। अन्सारी मुस्लिम समूहबाट तथा साह मधेसी समूहबाट विजयी भएका हुन्।

निर्वाचन परिणामअनुसार अन्सारीले प्रवासतर्फबाट प्राप्त २२ मतसहित कुल १,०४७ मत प्राप्त गरे भने साहले प्रवासतर्फबाट ६ मतसहित कुल ९७० मत प्राप्त गरे।

यता, बारा क्षेत्र नं. २ का सांसद न्दन सिंह र क्षेत्र नं. १ का सांसद गणेश धिमाल भने केन्द्रीय सदस्य पदमा निर्वाचित हुन असफल भएका छन्। उनीहरूले भूगोलतर्फको कोटाबाट उम्मेदवारी दिएका थिए।

Read More

रास्वपाको प्रथम महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान सुरु

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको मतदान सुरु भएको छ। महाधिवेशनमा पाँच पदका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

उपसभापति पदको महिलातर्फ सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। पुरुषतर्फ भने डा. स्वर्णिम वाग्ले एकल उम्मेदवार रहेकाले निर्विरोध निर्वाचित भएका छन्।

महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धामा छन्।

सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, शुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।

सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

मतदान सम्पन्न भएपछि मतगणना गरी पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

Read More

रास्वपा महामन्त्री निर्वाचनमा मनिष झाको उम्मेदवारी कायम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायम रहने बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले आफू ‘आलोकाँचो राजनीति’ नगर्ने स्पष्ट पारे।

यसैबीच, महामन्त्री पदका पाँच आकाङ्क्षीमध्ये केहीले आफ्नो उम्मेदवारी फिर्ता लिई विपीन आचार्यलाई समर्थन गरिसकेका छन्।

झाले प्रतिक्रिया दिँदै भने, “आलोकाँचो राजनीति गर्नु हुँदैन। हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस्, लागिरहन्छन्।”

महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धामा रहेका छन्।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति निर्वाचनमा मन्त्री राजमी यादव पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको निर्वाचनमा युवा, श्रम तथा रोजगारमन्त्री राजमी यादव पराजित भएका छन्।

बिहीबार राति सार्वजनिक गरिएको मत परिणाम अनुसार कूल खसेको २,९५९ मतमध्ये मन्त्री यादवले ८६९ मत प्राप्त गरेका हुन्।

यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। उक्त पदका लागि २१० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए भने ६४ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था थियो।

बालेन शाह नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गरेका थिए। तीमध्ये अन्य सात जना मन्त्रीहरू निर्वाचित भए पनि मन्त्री यादव भने पराजित भएका हुन्।

Read More