२०८३ श्रावण १८

सीमित स्रोतबीच कृषि क्षेत्रका लक्ष्य हासिल हुनेगरी बजेट प्रस्ताव : गीता चौधरी

काठमाडौं : कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयअन्तर्गत प्रस्तावित बजेटलाई प्राविधिक तथा भौगोलिक दृष्टिले समावेशी र सन्तुलित बनाउने प्रयास गरिएको बताएकी छन्।

बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले देशभरका अधिकांश जिल्ला तथा स्थानीय तहलाई समेट्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको जानकारी दिइन्। सीमित वित्तीय स्रोतका कारण कृषि अनुसन्धान तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमतर्फ अपेक्षाकृत कम बजेट प्रस्ताव भए पनि लक्ष्य प्राप्तिलाई ध्यानमा राखेर कार्यक्रमहरू तय गरिएको उनको भनाइ थियो।

रासायनिक मलमा निर्भरता घटाई दिगो कृषि प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले जैविक तथा प्राङ्गारिक मलको प्रयोग विस्तार गर्न आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री चौधरीले बताइन्। उनका अनुसार किसानलाई आवश्यक पर्ने रासायनिक मल खरिद प्रक्रिया अघि बढिसकेको छ भने आवश्यक परे थप रकम उपलब्ध गराउने प्रतिबद्धता अर्थ मन्त्रालयबाट प्राप्त भएको छ।

प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग प्रवर्द्धनका लागि संघीय तहमा ३५ करोड रुपैयाँ र प्रदेश तहमा सशर्त अनुदानमार्फत ११ करोड २४ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको उनले जानकारी दिइन्।

चिया निर्यातमा देखिएका समस्याको समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले यस विषयमा भइरहेको कूटनीतिक संवाद सकारात्मक दिशामा अगाडि बढिरहेको दाबी गरिन्।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले प्रभावित समुदायलाई राहत उपलब्ध गराउने कार्य निरन्तर भइरहेको बताइन्। आगामी आर्थिक वर्षका लागि ‘मानव–वन्यजन्तु सहअस्तित्व’ शीर्षकअन्तर्गत छुट्टै बजेट व्यवस्था गरी सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरिएको उनको भनाइ छ।

Read More

चिया निर्यातका अवरोध हटाउन कूटनीतिक पहल, भण्डारण र पूर्वाधार विस्तारमा सरकारको जोड

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले नेपाली चिया निर्यातमा देखिएका चुनौतीहरू समाधान गर्न सरकार कूटनीतिक तहबाट सक्रिय रूपमा पहल गरिरहेको बताएकी छन्।

बुधबार प्रतिनिधिसभामा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध हटाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कूटनीतिक प्रयास भइरहेको जानकारी दिइन्।

उनले चिया, अलैँचीलगायत कृषि उत्पादनको भण्डारण क्षमता अभिवृद्धि गर्दै बजार पहुँच विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग लागत साझेदारीको आधारमा वेयरहाउस निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताइन्।

मन्त्री यादवका अनुसार नेपाल आयल निगममार्फत सिलिगुढी–चारआली तथा अमलेखगञ्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको काम अगाडि बढिरहेको छ। साथै, सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको उनले जानकारी दिइन्।

पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाएर देशको कुल मागलाई कम्तीमा तीन महिनासम्म धान्न सक्ने स्तरमा पुर्‍याउने लक्ष्यका साथ सरकारले पूर्वाधार विस्तारका कार्यक्रम कार्यान्वयन गरिरहेको मन्त्री यादवको भनाइ थियो।

उद्यमशीलता विकास र नवप्रवर्तन प्रवर्द्धनका लागि सरकारले स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय प्रवर्द्धन सेवा तथा उद्यमशीलता विकाससम्बन्धी विभिन्न योजना सञ्चालन गर्ने तयारी गरेको पनि उनले बताइन्। राष्ट्रिय उद्यम सेवा कार्यक्रममार्फत स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम प्रस्ताव गरिएको उनको भनाइ छ।

त्यसैगरी, औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत प्रगतिका आधारमा कानुनी व्यवस्था अनुसार बजेट निकासा गरिने विषयमा मन्त्रालय स्पष्ट रहेको मन्त्री यादवले उल्लेख गरिन्।

Read More

राहदानी प्रकरणमा अख्तियारको अनुसन्धान विस्तार, थप दुई पक्राउ

काठमाडौँ । राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जर्मनीस्थित राहदानी प्रविधि आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल तथा राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

आयोगले उनीहरूमाथि थप अनुसन्धानका लागि विशेष अदालतबाट तीन दिनको म्याद प्राप्त गरेको जनाएको छ।

यसअघि असार १ गते साँझ आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई पनि नियन्त्रणमा लिएको थियो।

राहदानी छपाइ तथा खरिद प्रक्रियासँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानलाई आयोगले अघि बढाइरहेको जनाएको छ।

Read More

‘फ्री भिसा, फ्री टिकट’ अवधारणामाथि पुनः मूल्यांकन आवश्यक : श्रममन्त्री यादव

काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित ‘फ्री भिसा, फ्री टिकट’ भन्ने अवधारणा गलत रहेको बताएका छन्।

बुधबार मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले उक्त अवधारणा व्यवहारिक नभएको र पुनः परिमार्जन आवश्यक रहेको धारणा राखेका हुन्।

उनका अनुसार विगतमा लागू गरिएको सो व्यवस्था अहिलेको श्रम बजारको वास्तविकतासँग मेल नखाने भएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

मन्त्री यादवले उक्त अवधारणालाई सुधार गर्ने उद्देश्यले जेठ २२ गते कार्यदल गठन गरिएको र त्यसलाई ३५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जानकारी दिए।

उनले वैदेशिक रोजगारी प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै करिब १८ सय मेनपावर कम्पनी सक्रिय रहेको तथा ३० लाखभन्दा बढी नेपाली श्रमिक विदेशमा कार्यरत रहेको तथ्य प्रस्तुत गरे।

उनले नेपालले श्रमिक पठाउने व्यवस्था रोजगारदाताले उपलब्ध गराउने सेवा र सुविधाका आधारमा हुनुपर्ने बताए। साथै, उनले नेपाली श्रमिकलाई मर्यादित काम, उचित पारिश्रमिक, कार्यस्थल सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान तथा आधारभूत जीवनस्तर सुनिश्चित गर्न नसक्ने कुनै पनि देशमा श्रमिक नपठाइने नीति आवश्यक रहेको स्पष्ट पारे।

Read More

प्रतिनिधिसभामा सीमासम्बन्धी अभिव्यक्ति, सुकुम्बासी व्यवस्थापन र सरकारको जवाफदेहितामाथि प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै सांसदहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।

नेकपा (एमाले) का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै राष्ट्रिय हितभन्दा माथि कोही नहुने धारणा राखे। उनले काठमाडौंका होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई मानवोचित व्यवहार नभएको भन्दै तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले संसद्मा नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे। उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कुनै पनि दलप्रति झुकाव नराखी स्वतन्त्र रूपमा काम गर्नुपर्ने बताए। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सम्बन्धबारे टिप्पणी गर्दै प्रश्न उठाए।

उनको अभिव्यक्तिपछि सत्तारूढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाए।

बैठकको प्रारम्भमै श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सभामुखसँग समय लिएर काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न माग गरेका थिए। उनले उनीहरूका लागि सुरक्षित र सम्मानजनक बन्दोबस्ती आवश्यक रहेको बताए।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिबारे सभामुखले ‘रुलिङ’ गर्नुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा आएर स्पष्ट पार्नुपर्ने माग गरे। उनले मन्त्रीहरूका गैरजिम्मेवार अभिव्यक्तिप्रति पनि कडा कारबाही आवश्यक रहेको धारणा राखे।

Read More

मकवानपुरमा नवीकरण नभएका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसल बन्द गर्न निर्देशन

काठमाडौं  । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता तथा नवीकरण नभएका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन अनुमति रद्द गरेपछि सोही निर्णय कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्रका त्यस्ता पसलहरूलाई बन्द गर्न निर्देशन दिएको हो।

बुधबार जारी सूचनामा कार्यालयले देशभर ५ हजार ३०२ औषधि पसलहरूको सञ्चालन अनुमति रद्द गरिएको जनाउँदै सो निर्णयअनुसार मकवानपुरमा दर्ता नवीकरण नगरेका ४० भन्दा बढी औषधि तथा फार्मेसी पसलहरू सञ्चालनमा रोक लगाउन भनिएको छ।

Read More

कर्णाली प्रदेशले स्थानीय तह अनुदान बढायो, वित्तीय संरचनामा पुनर्सन्तुलन

काठमाडौं  । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण उल्लेख्य रूपमा वृद्धि गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका अनुसार संघीय सरकारबाट प्राप्त अनुदानमा भएको वृद्धिसँगै प्रदेशले पनि स्थानीय तहतर्फको बजेट विस्तार गरेको हो।

सरकारले वित्तीय वर्ष २०८२/८३ को संशोधित अनुमान र २०८३/८४ को बजेट प्रस्ताव बीच तुलना गर्दै अनुदान संरचनामा पुनर्सन्तुलन गरेको छ।

वित्तीय हस्तान्तरण:

शीर्षकFY 2082/83FY 2083/84 (बजेट प्रस्ताव)परिवर्तन
कुल वित्तीय हस्तान्तरणरु ४ अर्ब ५९ करोडरु ५ अर्ब ५४ करोड ७२ लाख+ २०.८५% (+ रु ९५ करोड ७२ लाख)
वित्तीय समानीकरण अनुदानरु ९५ करोडरु १ अर्ब+ रु ५ करोड
समपूरक अनुदानरु ७६ करोड ४६ लाखरु १ अर्ब १८ करोड ५० लाख+ रु ४२ करोड ४ लाख
विशेष अनुदानरु ३६ करोडरु ४७ करोड ५० लाख+ रु १० करोड ७० लाख
सशर्त अनुदानरु २ अर्ब ५१ करोडरु १ अर्ब ७३ करोड ६१ लाख– रु ७७ करोड ३९ लाख
गरिबी निवारण लक्षित हस्तान्तरणरु १ अर्ब १५ करोड ४० लाखनयाँ व्यवस्था

प्रदेश सरकारका अनुसार समपूरक र विशेष अनुदान वृद्धि गरी लागत साझेदारीमा आधारित आयोजना कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। यसले प्रदेश र स्थानीय तहबीच पूर्वाधार तथा विकास कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, सशर्त अनुदान घटाइएकाले स्थानीय तहलाई आफ्ना प्राथमिकताअनुसार योजना छनोट र खर्च गर्न थप वित्तीय स्वायत्तता प्राप्त हुने सरकारको दाबी छ।

मन्त्री शाहले संघीय संरचनाअनुसार वित्तीय हस्तान्तरणलाई सन्तुलित र परिणाममुखी बनाउने उद्देश्यले यो पुनर्संरचना गरिएको बताएका छन्।

Read More

बागमती प्रदेशको बजेट: विपन्न आवासदेखि पूर्वाधार र युवा कार्यक्रमसम्म प्राथमिकता

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अतिविपन्न परिवारको सुरक्षित आवासदेखि पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार कम्तीमा एक हजार अतिविपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिनेछ। यसका लागि रु २० करोड विनियोजन गरिएको छ।

सरकारले प्रशासनिक संरचना पुनर्संयोजनमार्फत मन्त्रालय तथा निकायहरूको संख्या घटाइएको उल्लेख गर्दै चालु खर्चमा करिब ११ प्रतिशत बचत हुने अनुमान गरेको छ।

पूर्वाधारतर्फ एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि रु ५६ करोड ५० लाख छुट्याइएको छ।

युवा लक्षित कार्यक्रमअन्तर्गत मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत युवा स्वरोजगार, उद्यमशीलता, प्रादेशिक STEM/IT विद्यालय, विद्यार्थी ह्याकाथन तथा स्मार्ट शिक्षा–आईटी स्किल फेलोसिपका लागि रु २० करोड विनियोजन गरिएको छ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका तथा घरेलु र आईटी उद्यममा संलग्न युवालाई लक्षित गर्दै युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमका लागि रु २० करोड छुट्याइएको छ।

बजेटमा प्रदेश गौरवका आयोजनाका रूपमा हेटौँडामा प्रदेश राजधानी चक्रपथ, गौरीटार रंगशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासनिक भवनलाई अघि बढाइने उल्लेख गरिएको छ।

Read More

प्रधानमन्त्री अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा फेरि अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू आसनबाट उठेर विरोध जनाउँदै सदनको कारबाही अघि बढ्न दिएका छैनन्।

विवादको केन्द्रमा प्रधानमन्त्रीले जेठ १७ गते दिएको एक अभिव्यक्ति रहेको छ, जसमा उनले नेपालले पनि भारतको भूभाग मिचेको संकेत गरेका थिए। सो अभिव्यक्तिलाई विपक्षी दलहरूले राष्ट्रहितविपरीत भन्दै संसद्मा औपचारिक जवाफ माग गरेका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र संसद्‌समक्ष माफी माग्नुपर्ने माग दोहोर्याउँदै आएका छन्। निरन्तरको अवरोधका कारण संसद् बैठक कार्यसूचीअनुसार अघि बढ्न सकेको छैन।

Read More

प्रतिनिधि सभाको २५औँ बैठक आज, विभिन्न मन्त्रालयका प्रश्नमा मन्त्रीहरूको जवाफ प्रस्तुत हुने

काठमाडौं ।  संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २५ औँ बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा मन्त्रीहरूको जवाफ केन्द्रित रहनेछ।

विनियोजन विधेयकसँग सम्बन्धित विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफल यसअघि सम्पन्न भइसकेको थियो, र आजको बैठकमा सोही छलफलका निष्कर्ष तथा जिज्ञासाहरूको सम्बोधन गरिनेछ।

Read More