२०८३ श्रावण १२

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा क्यानडाले ऐतिहासिक सफलता हात पारेको छ। दक्षिण अफ्रिकामाथि १–० को कठिन जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा पुगेको हो।

अमेरिकाको लस एन्जलसमा सम्पन्न पहिलो नकआउट खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा स्टेफेन युस्टाकियोले गरेको गोल नै क्यानडाको जितको आधार बन्यो।

तेस्रोपटक विश्वकपमा सहभागी भएको क्यानडाले यसअघि कहिल्यै समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै नयाँ इतिहास रचेको हो।

दक्षिण अफ्रिका भने समूह ‘ए’ को उपविजेता बनेर नकआउट चरणमा पुगेको थियो। तर अन्तिम समयमा गोल खाएपछि उसको विश्वकप यात्रा अन्तिम १६ प्रवेशअघि नै टुंगिएको छ।

Read More

विश्वकप: स्पेन समूह विजेता बन्दै नकआउटमा, उरुग्वे बाहिरियो

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आज सम्पन्न समूह चरणको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गर्दै समूह एचको विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। पराजयसँगै उरुग्वेको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।

स्पेनका लागि एलेक्स बेनाले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो। यसअघि स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो भने साउदी अरेबियालाई ४–० ले पराजित गरेको थियो।

तीन खेलबाट सात अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा रह्यो। उरुग्वेले भने साउदी अरेबियासँग १–१ तथा केप भर्डेसँग २–२ को बराबरी खेलेपछि कुल दुई अंक मात्रै जोड्न सफल भयो। स्पेनसँगको हारपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो।

आजै भएको अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। बराबरीसँगै केप भर्डेले तीन अंक जोड्दै गोलअन्तरका आधारमा साउदी अरेबियालाई पछि पारेर दोस्रो स्थान हासिल गरेको छ।

केप भर्डेले यसअघि स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। समान तीन अंक भए पनि गोलअन्तरमा पछि पर्दा साउदी अरेबिया समूहको तेस्रो स्थानमा सीमित रह्यो।

Read More

नेदरल्यान्ड्समा हुने आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। क्यानका अनुसार टोलीमा अनुभवी खेलाडी र हाल उत्कृष्ट प्रदर्शन गरिरहेका केही युवा प्रतिभाहरूको संयोजन गरिएको छ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र गुलसन झा ब्याटिङ लाइनअपमा समावेश छन् भने करण केसी, सोमपाल कामी र विनोद भण्डारीजस्ता अनुभवी खेलाडीहरूले पनि स्थान बनाएका छन्।

त्यस्तै, स्पिन विभागमा ललित राजवंशी र ब्याटर भीम सार्कीलाई टोलीमा राखिएको छ। इशान पाण्डे, नन्दन यादव र अर्जुन कुमाल पनि मुख्य टोलीमा अटाएका छन्।

क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ। उक्त सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

आईसीसी लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक सिरिज आगामी जुलाई २३ देखि सुरु हुने कार्यक्रम तय गरिएको छ।

Read More

इन्जुरी टाइम गोलसँगै टर्कीको रोमाञ्चक जित, अमेरिका ३–२ ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा टर्कीले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ। लस एन्जलस रंगशालामा भएको खेल इन्जुरी टाइमसम्म प्रतिस्पर्धात्मक बनेको थियो।

निर्णायक गोल अतिरिक्त समयमा टर्कीका कान अयहानले गरेपछि टोलीले महत्वपूर्ण जित सुनिश्चित गरेको हो।

खेलको सुरुवातमै अमेरिकाले अग्रता लिएको थियो। तेस्रो मिनेटमा अस्टिन ट्रस्टीले गोल गर्दै खाता खोलेका थिए। तर १०औँ मिनेटमा अर्दा गुलरले बराबरी गोल फर्काउँदै टर्कीलाई खेलमा फर्काए।

त्यसपछि ३१औँ मिनेटमा ओर्कुन कोक्कुले गोल गर्दै टर्कीलाई अग्रता दिलाए। पहिलो हाफपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।

दोस्रो हाफको ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल गर्दै अमेरिका पुनः बराबरीमा आएको थियो। तर अन्ततः इन्जुरी टाइममा आएको गोल निर्णायक बन्दा टर्कीले ३–२ को रोमाञ्चक जित हात पारेको हो।

Read More

पाराग्वे–अष्ट्रेलिया खेल गोलरहित बराबरीमा सकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाराग्वे र अष्ट्रेलियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न समूह ‘डी’ को उक्त खेलमा निर्धारित ९० मिनेटभर दुवै टोलीले गोल गर्न सकेनन्।

दुवै पक्षले केही अवसर सिर्जना गरे पनि निर्णायक फिनिसिङ अभावमा खेल ०–० को बराबरीमै समाप्त भएको हो।

Read More

जापान–स्विडेन १–१ बराबरी, दुवै टोली नकआउट चरणमा प्रवेश

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत आज बिहान सम्पन्न जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ। यस नतिजासँगै दुवै टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्।

खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर ६२औँ मिनेटमा एन्थोनी एलाङ्गाले गोल फर्काउँदै स्विडेनलाई बराबरीमा ल्याए।

समूह चरणको नतिजाअनुसार जापान ५ अङ्क र स्विडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका छन्।

Read More

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको नकआउट चरणमा

काठमाडौं । जर्मनीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा जर्मनीले सुरुआती अग्रता लिए पनि इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।

खेलको दोस्रो मिनेटमा लेरोय सानेले जर्मनीलाई अग्रता दिलाएका थिए। तर नवौँ मिनेटमै निल्सन एङ्गुलोले बराबरी गोल फर्काए। दोस्रो हाफको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई २–१ को जित दिलाए।

यस्तै, समूह ‘इ’को अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो। आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गरे।

समूह चरणको अन्त्यमा जर्मनी ६ अङ्कसहित समूह विजेता बन्दै नकआउटमा पुग्यो। समान ६ अङ्क रहेको आइभरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्यो। चार अङ्क जोडेको इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम १६ मा पुग्न सफल भयो भने एक अङ्कमा सीमित कुरासाओ प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

एन्फा फिफाद्वारा निलम्बित : अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गतका सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहँदासम्म एन्फाका टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।

त्यसैगरी एन्फा तथा त्यससँग सम्बन्धित पदाधिकारी वा सदस्यहरूले फिफा र एएफसीद्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागिता जनाउन नपाउने भएका छन्।

फिफाले आवश्यक परेमा फिफा काउन्सिल वा कंग्रेसको बैठकअघि नै यो निलम्बन फुकुवा गर्न सकिने व्यवस्था रहेको जनाएको छ।

Read More

विश्वकप २०२६ : ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौं फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलपछि ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ‘सी’ अन्तर्गत ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्दै ७ अंकसहित समूह विजेता बनेको छ। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरेका थिए।

त्यसैगरी मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै समान ७ अंक जोडेको छ। समान अंक भए पनि आपसी भेटका आधारमा मोरक्को समूह उपविजेता बनेको हो।

हाइटी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। स्कटल्यान्डको अर्को चरण पुग्ने सम्भावना भने अझै कायम रहेको छ।

Read More

स्विट्जरल्यान्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

काठमाडौं । स्विट्जरल्यान्डले घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका रुबेन वर्गासले ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। क्यानडाका प्रमिस डेभिडले ७६औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो। चार अंक जोडेको क्यानडा समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ।

यस्तै, समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले हरायो। क्यानडासँग समान चार अंक भए पनि कमजोर गोलअन्तरका कारण बोस्निया तेस्रो स्थानमा रह्यो। एक अंकमा सीमित कतार भने प्रतियोगिताबाट बाहिरिएको छ।

Read More