काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र महाधिवेशनका निर्णयहरू अद्यावधिक गर्न निर्वाचन आयोगमा आवश्यक विवरण बुझाएको छ।
पार्टीले आयोगमा विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका अन्य निर्णयसमेत पेस गरेको जनाएको छ।
यी विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्ने प्रयोजनका लागि बुझाइएको हो।