काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो आर्थिक विकासमा नेपालको प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान गरेका छन्।
सोमबार टर्किस एयरलाइन्समार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोप–३१ सम्मेलन आयोजना हुने टर्कीएको आन्ताल्या सहरतर्फ प्रस्थान गरेका हुन्।
नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा अर्थमन्त्री वाग्लेले नेपालको प्रतिनिधित्व गर्नेछन्।
सम्मेलनका क्रममा जलवायु परिवर्तन, त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव र दिगो विकासका प्राथमिकतासहितका विषयमा केन्द्रित आधा दर्जन उच्चस्तरीय सत्रमा उनले नेपालको धारणा राख्ने कार्यक्रम छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै सम्मेलनस्थल आन्ताल्या पुगिसकेका छन्।
अर्थमन्त्री वाग्ले आगामी कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।