काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, सल्लाहकार, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसमेत समेटिएका छन्।
प्रधानमन्त्रीको नेतृत्वमा भारत जान लागेको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा छन्।
त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राय र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङसहित विभिन्न मन्त्रालयका उच्च अधिकारी प्रतिनिधिमण्डलमा समेटिएका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार र दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी पनि भ्रमणमा सहभागी हुँदैछन्।
भ्रमण टोलीमा सैनिक तथा प्रहरी अधिकारी, प्रधानमन्त्रीको सञ्चार व्यवस्थापनमा संलग्न कर्मचारी र सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई समेत समावेश गरिएको छ। गोरखापत्र, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका प्रतिनिधि पनि टोलीमा छन्।
३५ सदस्यीय भ्रमण टोलीको सूची
१. बालेन्द्र शाह – प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. शिशिर खनाल – परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र – सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की – मुख्यसचिव
८. अमृतबहादुर राई – परराष्ट्र सचिव
९. रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
१०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा
१५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता
१७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
१९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल – सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा
२२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा
२३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला – प्रोटोकल अधिकृत
२५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा
२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
२७. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२८. डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
३१. कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
३२. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल
३४. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक
३५. मुकेश डंगोल – क्यानका महानिर्देशक
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा छलफल र सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।