काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।
नेपाल वायुसेवा निगमको विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका शाहलाई भारतका राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिन नै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नयाँदिल्लीस्थित होटल ताजमा हुने भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र साझा हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।