काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको हित र पार्टीको स्वार्थबीचको अन्तर औँल्याउँदै राजनीतिक नेतृत्वप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीका लागि कार्यकर्ता संघर्षमा उत्रिने तर नेताहरू हाँसेर बस्ने गरेको टिप्पणी गरेका छन्। यसको विपरीत, आफूहरूको नेतृत्व देश र जनताको हितका लागि संघर्षमा उत्रिने उनको भनाइ छ।
शाहले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्। हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्। फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्रीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। उनले कुन दल, नेता वा राजनीतिक घटनाक्रमलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् भन्नेबारे भने स्पष्ट पारेका छैनन्।
शाहको स्टाटसपछि उनको टिप्पणीको निशानामा को परेको हो भन्ने विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ।