काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ।
बैठक बिहान साढे आठ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।
तर, छलफलका एजेन्डाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।