काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गलत काम गर्नेहरूलाई समय आएपछि जवाफदेही बनाइने संकेत गर्दै कडा चेतावनी दिएका छन्।
आइतबार फेसबुकमा स्ट्याटस लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने बताएका हुन्। उनले एक–दुई जना उम्किन सकिन्छ भन्ने सपना नदेख्नसमेत चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, “सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।”
उनको यो अभिव्यक्ति कुन विषय वा व्यक्तिलाई लक्षित गरेर आएको हो भन्नेबारे भने थप खुलाइएको छैन।