काठमाडौं । वीरगञ्जका मुख्य सडक किनारमा घर भएका स्थानीय र व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरू आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्।
त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्ज क्षेत्रका घरधनी तथा व्यापारीले आइतबार माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले आफूहरूमाथि भएको अन्याय सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।