काठमाडौं । सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। दुर्घटनामा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घाइते दुवैलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
बिहान भएको दुर्घटनाबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।