भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई अग्रजहरूले समाज परिवर्तनका लागि गरेको सङ्घर्ष, त्याग र योगदानबारे बुझाउनुपर्ने बताएका छन्।
भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उनले विगतका आन्दोलन र सामाजिक सङ्घर्षबाट नयाँ पुस्ताले प्रेरणा र शिक्षा लिनुपर्ने धारणा राखे। भक्तपुरको विकास तथा अहिले देखिएको परिवर्तन बुझ्न यहाँको इतिहास र अग्रज पुस्ताले पुर्याएको योगदानबारे जानकारी आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न अग्रजहरूले खेलेको भूमिका स्मरणीय रहेको बताए।