काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी सोमबार भेटवार्ता हुने भएको छ। भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले मोदीसँग द्विपक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय छलफल गर्ने कार्यक्रम तय भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मङ्सिर ७ गते सोमबार दुई देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्नेछन्।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री बनेपछि शाहको यो भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।