काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ। बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन सोमबार भारत पुगेका गुरुङ र शाहबीच भएको भेटलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।
भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने तथा द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता पुनः पुष्टि भएको बताएका छन्।
उनले क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि दुवै देशबीच सहकार्यलाई थप गहिरो बनाउने विषयमा जोड दिएका छन्।