काठमाडौँ । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला सरकारको नेतृत्व निरन्तरताका लागि मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो। श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएसँगै उनले सरकारको नेतृत्व गर्ने जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्री शाह भारतको दुईदिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।