काठमाडौं । पाकिस्तानका अनुभवी लेग स्पिनर उसामा मिर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
३० वर्षीय दायाँहाते लेग स्पिनर मिरले सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पाकिस्तानी राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले पाकिस्तानका लागि १२ एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
मिरले पाकिस्तान सुपर लिग (पीएसएल), बिग बास लिग (बीबीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता चर्चित व्यावसायिक प्रतियोगितामा पनि अनुभव बटुलेका छन्। उनको आगमनले चितवनको बलिङ पक्ष थप मजबुत हुने टोलीको अपेक्षा छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।