काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै प्रतियोगिताको तयारी तीव्र पारिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पूर्वाधार निर्माण, मैदान स्तरोन्नति र व्यवस्थापनका कामलाई अन्तिम रूप दिइँदै छ।
नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो संस्करणबाट प्राप्त अनुभवका आधारमा यसपटक मैदानको अवस्था सुधार, टिकट व्यवस्थापन र दर्शकको सहजतालाई प्राथमिकतामा राखेको छ। प्रतियोगिता व्यवस्थित र दर्शकमैत्री बनाउन आवश्यक तयारी अघि बढाइएको क्यानले जनाएको छ।
तेस्रो संस्करणको एनपीएल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
समरी: एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरमा मैदान स्तरोन्नति, पूर्वाधार निर्माण र टिकट व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ।