काठमाडौं । दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको कारोबार सुरु भएको छ। चाडपर्वका लागि च्याङ्ग्रा किन्न उपत्यकाका विभिन्न ठाउँबाट ग्राहक आउन थालेका छन्।
व्यापारीका अनुसार यस वर्ष च्याङ्ग्राको मूल्य गत वर्षभन्दा प्रतिगोटा करिब तीन हजार रुपैयाँसम्म बढेको छ। अहिले जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म छ।
वर्षाले सडक र पुलमा क्षति पुर्याउँदा मुस्ताङबाट च्याङ्ग्रा ल्याउन कठिन भएको व्यापारीहरू बताउँछन्। क्षतिग्रस्त सडक पार गर्न डोजर र टिपरको सहयोग लिनुपर्दा ढुवानी खर्चसमेत बढेको उनीहरूको भनाइ छ।