इलाम । आगामी कात्तिक १२ देखि १५ गतेसम्म वर्षा हुने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागको संकेतपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रेस नोट जारी गर्दै बाढीपहिरोको जोखिम भएका क्षेत्र, राजमार्ग र ग्रामीण सडकमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोला किनार तथा पहिरो प्रभावित क्षेत्रमा नजान र आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ। साथै, सम्भावित विपद्को सामना गर्न सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ।