काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज विशेष सम्बोधनमार्फत समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्।
१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि थापाले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन्। दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन कार्यक्रम तय गरिएको कांग्रेस स्रोतले जनाएको छ।
सम्बोधनअघि उनले पार्टीका प्रमुख पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। पत्रकार सम्मेलनमा महाधिवेशनपछिको सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीन कार्ययोजना तथा मुलुकको आर्थिक र राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे धारणा राख्ने तयारी रहेको बताइएको छ।