काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले आफ्नो विजयी लय कायम राखेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो। यससँगै जनकपुरले चार अंक जोडेको छ।
यसअघि जनकपुरले काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो। लगातार दुई खेल जितेसँगै जनकपुरले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाएको छ।