नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित होटल ताजमा भएको भेटमा दुई नेताबीच करिब आधा घण्टा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न आयामसँगै दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।
विशेषगरी यातायात तथा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन, वाणिज्य र ऊर्जा क्षेत्रमा सहकार्य बढाउने विषयले छलफलमा प्राथमिकता पाएको सचिवालयले जनाएको छ।
त्यसैगरी संस्कृति, शिक्षा र दुवै देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि विचार आदानप्रदान भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको यो भेटलाई दुई देशबीचको सम्बन्ध र सहकार्यका प्राथमिकताबारे छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता