काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिको थप बसाइँ र खानपिनको खर्च पार्टीले व्यहोर्ने भएको छ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्था गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सक्ने तयारी थियो। तर निर्वाचन प्रक्रिया लम्बिएपछि महाधिवेशन एक दिन थपिएको हो।
प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँ, खानपिनलगायत खर्च पार्टीले नै व्यहोर्ने श्रेष्ठले बताए।