काठमाडौं । भारतले नेपालका लागि २४ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको संयुक्त प्रेस ब्रिफिङका क्रममा उक्त घोषणा गरेका हुन्।
घोषित सहयोग रकम नेपाली रुपैयाँमा करिब ३ खर्ब ८४ अर्ब रुपैयाँ बराबर हुन्छ। यसले नेपाल–भारतबीचको विकास साझेदारी र आर्थिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, उक्त प्याकेजअन्तर्गत कुन–कुन क्षेत्रमा कति रकम खर्च गरिनेछ र सहयोग कार्यान्वयनको प्रक्रिया कस्तो हुनेछ भन्ने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।