काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
सोमबार राष्ट्रपति भवनमा भएको भेट प्रधानमन्त्री शाहको भारत भ्रमणको महत्वपूर्ण कूटनीतिक कार्यक्रमका रूपमा रहेको छ।
यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दै दुई देशबीच विभिन्न विषयमा समझदारी गरेका थिए। त्यसपछि मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी भएका शाहले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।
आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गरेका थिए।
भारतमा निर्धारित औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।