काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो मूल्य समायोजनसँगै दुवै बहुमूल्य धातुको भाउ ओरालो लागेको छ।