काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम पुगेर छठ पर्व मनाएका छन्। उनले श्रीमती निकिता पौडेलसहित छठी माताको पूजाअर्चना गरेका हुन्।
छठ पर्वका क्रममा जनकपुरधाम पुगेका लामिछानेले त्यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरूको समेत भ्रमण गरेका छन्। भ्रमणका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनले जनकपुरको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वले आफूलाई विशेष अनुभूति गराएको उल्लेख गरेका छन्।
लामिछानेले आफ्नो फेसबुक सन्देशमा छठ पर्वलाई जीवनकै विशेष आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक अभ्यासका रूपमा व्याख्या गर्दै छठी मातासँग सबैको कल्याणको कामना गरेका छन्।
उनले लेखेका छन्, ‘जन–जनके कल्याण करू हे छठि मइया।’