हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
मंसिर ३ गते बिहान करिब ८ः३० बजे हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो।
सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनामा घाइते भएका सातै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दुर्घटनामा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्।
दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।