काठमाडौं । मकवानपुरको भैँसेमा बिहीबार बिहान सुमो दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बिहान करिब ८:३० बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ।
दुर्घटनामा कति जना घाइते भए भन्ने विवरणसहित घटनाको थप जानकारी आउन बाँकी छ।