हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा परेपछि चालक कालुमान लोप्चनले अचानक आँखा बन्द भएर अन्धकार देखिएको बताएका छन्।
उपचारका लागि हेटौंडा ल्याइएका लोप्चनले गाडी सडकबाट खस्नुअघि एक्कासि केही नदेखिएको प्रतिक्रिया दिएका छन्।
‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ। त्यसपछि गाडी सडकबाट तल खस्यो,’ उनले भने।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि हेटौंडा ल्याइएको जनाइएको छ।